Premier Cables
Premier Steel

समाचार

कांग्रेसले संसदीय दलको नेता आज टुंगो लगाउने

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख १४, २०८३  | बिहान ६:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । नेपाली कांग्रेसमा संसदीय दलको नेता चयन र पार्टीभित्रको अनुशासनको विषयलाई लिएर आज (सोमबार) दिनभरि नै बैठकहरूको चटारो हुने भएको छ ।

दलको नेता चयनमा देखिएको रस्साकस्सी र उजुरी परेका नेताहरूमाथिको स्पष्टीकरणबारे निर्णय लिन कांग्रेसले आजै तीन वटा छुट्टाछुट्टै बैठकहरू बोलाएको हो ।

बिज्ञापन

संसदीय दलको नेता चयनको विषय पेचिलो बनिरहेका बेला बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । उक्त बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र त्यहीँबाट नाम टुङ्ग्याउने तयारी गरिएको छ ।

कार्यसम्पादन समितिको लगत्तै दिउँसो १ बजे संसदीय दलको बैठक बस्नेछ । निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीका अनुसार दलको बैठकले नेता चयन सम्बन्धी प्रक्रियालाई अन्तिम रूप दिने र अनुमोदन गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय अनुशासन समितिको बैठक बस्दै छ । समितिका सचिव दिनेश थापा मगरका अनुसार गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेका र तिनका समर्थक/प्रस्तावकहरू विरुद्ध परेका उजुरीमाथि छलफल हुनेछ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka