Premier Cables

राजनीति

कांग्रेसद्वारा सातै प्रदेशका नेताहरू र मुख्यमन्त्रीहरूको विशेष बैठक आह्वान

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, बैशाख ०४, २०८३  | अपराह्न १२:१६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । नेपाली कांग्रेसले सातै प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्रीहरूको विशेष बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयका अनुसार उक्त बैठक आगामी वैशाख ६ गते आयोजना गरिने तय गरिएको हो।

कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार बैठकको मिति निश्चित भए पनि समय भने अझै निर्धारण गरिएको छैन। बिहीबार बसेको कार्य सम्पादन समितिको बैठकले गरेको निर्णयअनुसार यो विशेष बैठक आह्वान गरिएको हो।

विज्ञापन

सोही बैठकले उपसभापति विश्वप्रकाश शर्मालाई प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूसँग समन्वय गर्ने जिम्मेवारी दिएको थियो। यस जिम्मेवारीअन्तर्गत उनले प्रदेश सरकार र स्थानीय तहका गतिविधिहरूलाई पार्टीको नीति तथा योजनासँग समन्वय गर्दै अघि बढाउनेछन्।

बैठकमा गण्डकी प्रदेश सरकारमा हालै गरिएको मन्त्री हेरफेर र परिवर्तनबारे पनि गम्भीर छलफल भएको थियो। प्रदेश सरकारका कामकारबाही तथा पार्टीको भूमिकाबारे देखिएका असमझदारी र सम्भावित रणनीतिक परिवर्तनका विषयमा वैशाख ६ गते बस्ने बैठकमा थप विस्तृत छलफल हुने जनाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka