Premier Cables
Premier Steel

राजनीति

गगन थापाको राजीनामा अस्वीकृत भएपछि अब के हुन्छ कांग्रेसमा ?

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, चैत्र ०९, २०८२  | बिहान ८:०२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकार गर्ने निर्णय गरेको छ।

फागुन २१ मा सम्पन्न निर्वाचनको नतिजाप्रति नैतिक जिम्मेवारी लिँदै थापाले राजीनामा दिएका थिए। तर, उक्त राजीनामालाई कार्यसमितिले सर्वसम्मत रूपमा अस्वीकार गरेको हो।

बिज्ञापन

बैठकले राजीनामा अस्वीकार गर्नुका विभिन्न कारणहरू पनि स्पष्ट पारेको छ। समितिका अनुसार निर्वाचनमा पराजय हुनुका मुख्य कारणहरू संरचनागत कमजोरी र नियन्त्रण बाहिरका परिस्थितिहरू रहेका छन्। साथै, वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा थापाको नेतृत्व अझ आवश्यक रहेको ठहर गरिएको छ।

यसैगरी, राजीनामा स्वीकृत गरे पार्टीभित्र अनावश्यक अस्थिरता र अन्योल सिर्जना हुने तथा कार्यकर्ताको मनोबलमा नकारात्मक असर पर्ने सम्भावना रहेको बैठकको निष्कर्ष छ। राजीनामा नैतिक र स्वैच्छिक विषय भएकाले त्यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त हुने पनि उल्लेख गरिएको छ।

कार्यसमितिले सामूहिक जिम्मेवारीको सिद्धान्त र नेतृत्वको स्थायित्व आवश्यक रहेकोमा जोड दिँदै विशेष महाधिवेशनपछि सुरु गरिएको सुधार कार्यक्रमलाई निरन्तरता दिनुपर्ने निष्कर्षसमेत निकालेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka