Premier Cables
Premier Steel

राजनीति

कांग्रेसले बनायो विशेष चुनावी रणनीति

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, माघ १४, २०८२  | बिहान ११:०४ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनलाई लक्षित गरेर २१ माघबाट ‘विशेष रणनीति’ लागू गर्दैछ ।

जसअनुसार कांग्रेसका विभिन्न तहको जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरू २१ फागुनसम्म आ-आफ्नो जिम्मेवारीको क्षेत्रमा खट्ने छन् । कांग्रेसको ‘निर्वाचन परिचालन निर्देशिका’ मा ‘विशेष रणनीति’बारे उल्लेख गरिएको छ ।

बिज्ञापन

निर्देशिकामा चुनावको अन्तिम ३० दिन ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने नीति समेटिएको छ । शर्माको संयोजकत्वमा रहेको चुनाव परिचालन समितिले ‘निर्वाचन परिचालन निर्देशिका’ तयार गर्दैछ ।

केन्द्रीय कार्यालयमा चलिरहेको प्रदेश स्तरीय विशेष आन्तरिक छलफल कार्यक्रममा उपसभापति शर्माले ‘विशेष रणनीति’ बारे जानकारी गराएको उनको सचिवालयले जनाएको छ ।

चुनाव परिचालन समितिले आज (बुधबार) गण्डकी प्रदेशको छलफल गर्दै छ । मंगलबार कर्णाली र सुदूरपश्चिमको छलफल सकिएको थियो ।

छलफलमा सम्बन्धित प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने वर्तमान र निवर्तमान केन्द्रीय पदाधिकारी र सदस्य, जिल्ला सम्पर्क समितिका सभापति तथा काठमाडौमा रहेका विभिन्न पेशा–व्यवसायमा संलग्न कांग्रेसका शुभेच्छुक र युवा सहभागी छन् ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka