Premier Cables
Premier Steel

विराटनगर

नेत्र ज्योति अन्तर्गत वृद्धा आश्रममा आँखा परीक्षण तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सम्पन्न

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, माघ २८, २०८२  | अपराह्न २:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा तथा रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोगमा वृद्धा आश्रममा सञ्चालन गरिएको नेत्र ज्योति आँखा परीक्षण तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

शिविरमा ७२ जनाको आँखाको परीक्षण गरिएको थियो। परीक्षणपछि आवश्यक परेका सबै लाभग्राहीलाई निःशुल्क औषधि तथा चस्मा वितरण गरिएको थियो। साथै, मोतियाबिन्दु देखिएका १२ जनाको निःशुल्क शल्यक्रिया गरिनुका साथै शल्यक्रियापछि आवश्यक औषधि तथा परीक्षणको व्यवस्था पनि गरिएको छ।
उक्त शिविरको क्याम्प को-अर्डिनेटर रामलाल गोल्छा आँखा अस्पतालका सागर पोखरेल रहनु भएको थियो, जसले चार सदस्यीय चिकित्सक तथा प्राविधिक टोलीको नेतृत्व गर्नुभयो।
यो रोटरी क्लब अफ विराटनगर डाउनटाउन र रामलाल गोल्छा आँखा अस्पतालको सहकार्यमा सम्पन्न भएको तेस्रो आँखा शिविर हो। यसअघि बुढीगंगा गाउँपालिका र मानव सेवा आश्रममा यस्ता शिविरहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन्।
कार्यक्रम सफल बनाउन सम्पूर्ण प्राविधिक सहयोग प्रदान गरेकोमा रामलाल गोल्छा आँखा अस्पतालप्रति आयोजक संस्थाले आभार व्यक्त गरेको छ। यस्ता निरन्तर सेवामूलक कार्यक्रमले समुदायमा आँखासम्बन्धी स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने विश्वास व्यक्त गरिएको छ।

बिज्ञापन

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka