Premier Cables
Premier Steel

विराटनगर

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा ‘स्किलब्रू नेपाल’ बारिस्ता तालिम सुरु

“सीप सिकौं, आत्मनिर्भर बनौं”

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक २३, २०८२  | अपराह्न १:२१ बजे
Hamro Biratnagar Headlines

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले पाँच जना महिलाहरूका लागि ‘स्किलब्रू नेपाल – बारिस्ता तालिम कार्यक्रम’ सुरु गरेको छ। तालिमका लागि उम्मेदवारहरूको नाम विराटनगर महानगरपालिकाबाट सिफारिस गरिएको हो।

२१ दिनको सीपमूलक तालिमपछि सहभागीहरूलाई रेड मड क्याफेमा एक महिनाको इन्टर्नसिपको अवसर दिइनेछ। तालिम कात्तिक २४ गते (नोभेम्बर ९) बाट सुरु भएको हो।

यस कार्यक्रमको उद्देश्य महिलाहरूलाई व्यावहारिक सीप प्रदान गरी आत्मनिर्भर बनाउने र उनीहरूलाई रोजगारी वा स्वरोजगारका अवसरहरू तर्फ प्रोत्साहित गर्नु हो। सहभागीहरूले कफी बनाउने सीप, ग्राहक सेवा, र क्याफे सञ्चालन सम्बन्धी व्यवहारिक ज्ञान सिक्नेछन्।

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले समुदायमा सीप विकास र आर्थिक सशक्तीकरणका माध्यमबाट दीगो प्रभाव पार्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka