Premier Cables
Premier Steel

विराटनगर

बुढीगंगा गाउँपालिकामा रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा निःशुल्क आँखा परीक्षण शिविर

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक २६, २०८२  | बिहान ११:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले समुदायमा दृष्टि स्वास्थ्य सुदृढीकरण गर्ने उद्देश्यले बुढीगंगा गाउँपालिकास्थित सूच्चर अस्पतालमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ।

रामलाल गोल्छा आँखा अस्पताल, विराटनगरको प्राविधिक सहयोगमा सम्पन्न उक्त शिविरमा कुल १७५ जनाको आँखा परीक्षण गरिएको थियो। आँखा संक्रमण भएका बिरामीहरूलाई निःशुल्क औषधि वितरण गरिएको र जसलाई चस्माको आवश्यकता थियो, तिनीहरूलाई क्लबको तर्फबाट निःशुल्क चस्मा प्रदान गरिएको क्लब अध्यक्ष गिरिजा सारदाले जानकारी दिएकी छिन् ।

बिज्ञापन

यस्तै, २९ जनाको निःशुल्क प्रयोगशाला परीक्षण र मोतिबिन्दु शल्यक्रिया समेत गरिएको छ।

शिविरमा स्थानीय बासिन्दाहरूको उत्साहपूर्ण सहभागिता रह्यो। यस अभियानले ग्रामीण क्षेत्रका आर्थिक रूपमा कमजोर वर्गका नागरिकहरूलाई दृष्टि उपचारमा सहज पहुँच उपलब्ध गराएको क्लबले जनाएको छ।

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले स्वास्थ्य, शिक्षा र वातावरणीय क्षेत्रमा विभिन्न सामुदायिक सेवा परियोजनाहरू गर्दै आएको छ। शिविरको उद्घाटनमा गाउँपालिकाको मेयर श्री जितनारायण थापा मगर र उपमेयर अमृता गच्छदारको उपस्थिति थियो। क्लबले आगामी दिनहरूमा पनि यस प्रकारका निःशुल्क आँखा परीक्षण शिविरहरूलाई निरन्तरता दिने योजना रहेको जनाएको छ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka