Premier Cables

विराटनगर

सीपी बालबालिकाको पुनर्स्थापनामा अर्को महत्वपूर्ण सहयोग : प्यारालेल बार स्थापना

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार ०४, २०८३  | बिहान १०:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा सञ्चालन भइरहेको सेरेब्रल पाल्सी (CP) डे केयर सेन्टरमा विशेष आवश्यकता भएका बालबालिकाको फिजियोथेरापी तथा पुनर्स्थापनालाई थप प्रभावकारी बनाउन प्यारालेल बार (Parallel Bars) जडान गरिएको छ।

यस महत्वपूर्ण सहयोगका लागि लेडिज सर्कल विराटनगरकी अध्यक्ष कुसुम लुनिया तथा उहाँको सम्पूर्ण टोलीप्रति हार्दिक कृतज्ञता व्यक्त गरिएको छ। उक्त उपकरणले बालबालिकालाई सन्तुलन, हिँडाइ र शारीरिक क्षमता विकास गर्न नियमित अभ्यासमा ठूलो सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

विज्ञापन

क्लबकी अध्यक्ष रोटेरियन गिरिजा सारडाले भन्नुभयो, “हाम्रो सीपी सेन्टर केवल सेवा दिने स्थान मात्र होइन, यो आशा, आत्मविश्वास र सम्भावनाको केन्द्र हो। प्रत्येक नयाँ सुविधा र सहयोगले यहाँका बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याइरहेको छ। लेडिज सर्कल विराटनगरकी अध्यक्ष कुसुम लुनिया र उहाँको समर्पित टोलीले गरेको यो सहयोगप्रति हामी हृदयदेखि नै आभारी छौँ।”

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले समुदायको सहकार्य र दाताहरूको साथमा सीपी भएका बालबालिकाका लागि आवश्यक पूर्वाधार, उपचार सहयोग तथा समावेशी वातावरण निर्माणमा निरन्तर काम गर्दै आएको जनाएको छ। क्लबले आगामी दिनमा पनि यस्ता सहकार्यमार्फत अझ धेरै बालबालिकाको जीवनमा उज्यालो ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka