Premier Cables
Premier Steel

विराटनगर

सडकमा रहेका कुकुरका लागि ‘रिफ्लेक्टिभ ब्यान्ड’ वितरण

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, पुष १०, २०८२  | बिहान ११:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा सडक दुर्घटनाबाट आवारा कुकुरहरूको जीवन जोगाउने उद्देश्यले ‘ग्लो फर लाइफ’ नामक मानवीय अभियान सञ्चालन गरिएको छ।

यस अभियान अन्तर्गत आवारा कुकुरहरूलाई रिफ्लेक्टिभ (चम्किने) ब्यान्ड/कॉलर लगाइएका छन्, जसले रातको समयमा सवारी साधनलाई कुकुरको उपस्थितिबारे सचेत गराई दुर्घटना न्यूनीकरणमा सहयोग पुर्‍याउँछ।

बिज्ञापन

यस परियोजनासँग पशुप्रेमी श्री कृष पोद्दारको सहभागिता विशेष रूपमा उल्लेखनीय रहेको छ। पशुप्रतिको माया र करुणाका कारण परियोजनाबारे जानकारी पाएपछि उनले अत्यन्त खुशीका साथ सहयोग गर्ने इच्छा व्यक्त गर्दै यस सिजनभर आयोजना गरिएको ‘फारमर मार्केट’ बाट प्राप्त आफ्नै आम्दानी परियोजनामा दान गरी प्रायोजन गरेका हुन्।

कार्यक्रमको नेतृत्व रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रोटेरियन गिरिजा सारडाले गर्नुभएको थियो। परियोजनाबारे विस्तृत जानकारी सेवा अध्यक्ष रोटेरियन स्नेहा अटलले प्रस्तुत गर्नुभएको थियो।

मैदानस्तरको प्राविधिक तथा जनशक्ति सहयोगका लागि सारा एनिमल केयर र एलिनाज एनिमल केयर सेन्टरका प्रशिक्षित टोलीहरू सहभागी भई सुरक्षित र मानवीय तरिकाले कुकुरहरूलाई रिफ्लेक्टिभ ब्यान्ड लगाउने कार्य सम्पन्न गरिएको थियो।

यस अभियानले पशु-मानव सहअस्तित्व, सडक सुरक्षा र करुणामूलक समाज निर्माणतर्फ सकारात्मक सन्देश दिएको आयोजकले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa