Premier Cables
Premier Steel

राजनीति समाचार

गेरुवा बस्त्र लगाएर मुख्यमन्त्रीले भने, धरान -लेउती सुरुङ मार्ग बनाउँछौ

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन ०२, २०८२  | बिहान ८:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

धरान । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले धरान–लेउती सुरुङ मार्ग निर्माणमा प्रदेश सरकार दृढ रहेको बताएका छन्। संघीय सरकारसँगको समन्वयमा प्रारम्भिक अध्ययन भइरहेको र डिपिआर उच्च प्राथमिकतामा रहेको उनले जानकारी दिए।

धरानको विकास, खानेपानी समस्या समाधान र पहाड–तराई जोड्ने सञ्जालका रूपमा सुरुङ मार्ग महत्वपूर्ण हुने कार्कीको भनाइ छ। उनले पूर्व नगरप्रमुख तारा सुब्बाको स्मृति दिवसमा सुरुङ निर्माणलाई सुब्बाको सपना पूरा गर्ने माध्यमसमेत भएको बताए।

बिज्ञापन

साथै, धरानको पर्यटन प्रवर्द्धन, बिपी प्रतिष्ठानको बिमा सेवा निरन्तरता र धरान–विजयपुर क्षेत्रको समृद्धिका लागि नागरिक नेतृत्वमा गुरुयोजना तयार गर्न आग्रह गरे।

पिण्डेश्वर मन्दिरमा आयोजित कार्यक्रममा उनले पिण्डेश्वर क्षेत्रको विकासमा थप काम गर्ने बताए । कार्यक्रममा उनी गेरुवा बस्त्र लगाएर सहभागी भएका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka