Premier Cables

कोशी प्रदेश

कोशीका मुख्यमन्त्रीको दाबी: सरकारले निर्वाचनको वातावरण बनाउन सकेन

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, माघ ०३, २०८२  | साँझ ६:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) र नेपाल मानव अधिकार सङ्गठनले आज सुनसरीको इटहरीमा आयोजना गरेको लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता विषयक अन्तरक्रियाका कार्यक्रममा मुख्यमन्त्री कार्कीले मतदातले ढुक्क भएर मतदान गर्ने वातावरण सरकारले बनाउन नसकेको बताएका हुन् ।

विज्ञापन

मुख्यमन्त्री कार्कीले राजनीतिक दलसहित मतदाताले ढुक्कका साथ निर्वाचनमा भोट हाल्ने वातावरण सरकारले नबनाएका कारण तोकिएको मितिमा निर्वाचन हुने वा नहुनेमा अन्योलता रहेको बताएका छन् । मुख्यमन्त्री कार्कीले मतदाताले भयरहित वातावरणमा भोट हाल्ने वातावरण बनाउन आवश्यक रहेको बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री कार्कीले सबैले भयरहित र निश्पक्ष वातावरणमा निर्वाचन होस् भन्ने कामना गरेपनि वर्तमान सरकारले सङ्गठित अपराधलगायतका मुद्दा फिर्ता लिएको अवस्थाले सरकारले कुन नियत राखेर निर्वाचन गराउन लागेको भन्ने विषय शङ्कास्पद रहेको बताए ।

कारागारबाट फरार भएका कैदीबन्दी र सुरक्षा निकायबाट लुटिएको हतियार सरकारले फिर्ता ल्याउन नसकेको अवस्थामा भयरहित ढङ्गमा निर्वाचन हुने अवस्था नभएको मुख्यमन्त्री कार्कीको भनाइ छ ।

अन्तरक्रिया कार्यक्रममा इन्सेकका अध्यक्ष विजयराज गौतमले नेपालको मानव अधिकार अभियानको पर्याय बनेको इन्सेकले अघिल्ला निर्वाचनमा जस्तै प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्ने बताए । भदौ २३ र २४ गतेको आन्दोलनपछि राजनीतिक सचेतनाका आधारहरू हरेक क्षेत्रमा देखिएकाले इन्सेकले समेत स्वच्छ र निश्पक्ष वातावरणमा निर्वाचन भएको नभएको पर्यवेक्षण गर्ने अध्यक्ष गौतमले बताए ।

अन्तरक्रिया कार्यक्रममा कोशी प्रदेशका डिआइजी विनोद घिमिरेले अघिल्ला निर्वाचनमा भन्दा सुरक्षाका दृष्टिले भरपर्दो वातावरण आगामी दिनमा हुने देखिएको बताए । कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रमा मतदानस्थलको वर्गीकरण गरी सुरक्षा रणनीति लागू गरिएकाले निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुने डिआइजी घिमिरेले बताए ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka