Premier Cables
Premier Steel

अर्थ

दशैंमा नयाँ होइन, सुकिला नोट साट्न पाइने

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र १५, २०८२  | बिहान ९:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। नेपाल राष्ट्र बैंकले यस वर्षको दशैं पर्वका लागि नयाँ नोट वितरण नगर्ने निर्णय गरेको छ। राष्ट्र बैंकले आज (भदौ १५) एक सूचना जारी गर्दै सधैंझैं नयाँ नोट वितरणको व्यवस्था यस पटक पनि नगर्ने स्पष्ट पारेको हो। तर, नागरिकहरूको सुविधाका लागि सुकिला अर्थात् चिटिक्क पारिएका नोट साट्न पाउने व्यवस्था भने गरिएको छ।

बैंकले जानकारी दिएअनुसार नागरिकहरूले राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, प्रदेश कार्यालयहरू तथा अन्य बैंक तथा वित्तीय संस्थाहरूबाट सुकिला नोट साट्न सक्नेछन्। साट्ने कार्य भदौ २९ गतेदेखि असोज १० गतेसम्म कार्यालय समयभित्र गर्न सकिनेछ।

बिज्ञापन

राष्ट्र बैंकका अनुसार नयाँ नोट वितरण गर्दा अत्यधिक भीडभाड, व्यवस्थापनको चुनौती तथा लागतमा वृद्धि हुने भएकाले विगत केही वर्षदेखि नयाँ नोट नबढाइने नीति लागू गरिएको हो। सुकिला नोट वितरणले एकातिर व्यवस्थापन सहज बनाउने र अर्कोतर्फ जनताको आवश्यकतालाई केही हदसम्म पूरा गर्ने विश्वास राष्ट्र बैंकले लिएको छ।

यस निर्णयले विशेष गरी दशैंको समयमा दक्षिणा दिन तथा सामाजिक लेनदेनमा प्रयोग हुने नोटहरूको आवश्यकता केही मात्रामा सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa