Premier Cables

अर्थ विराटनगर

विराटनगर महानगरपालिकाले ४ सय करोडभन्दा बढीको बजेट ल्याउने

नोट: यो समाचार १ महिना अघिको हो

Calendar सोमबार, असार ०९, २०८२  | साँझ ६:१५ बजे

विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४ सय करोडभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ। मंगलबार सार्वजनिक हुने बजेटको अन्तिम तयारीमा महानगर जुटेको छ।

महानगर स्रोतका अनुसार यो आर्थिक वर्षको बजेट करिब ४ सय ४० करोड रुपैयाँ हाराहारी हुने अनुमान गरिएको छ। बजेटमा केही ठूला योजनाहरू समावेश गर्नुका साथै पुराना बहुवर्षीय योजनाहरूलाई निरन्तरता दिइने बताइएको छ।

बिज्ञापन

यस पटकको बजेटले विराटनगरभित्र पर्ने कोशी राजमार्गको बीच भागमा दुवैतर्फ बत्ती जडान गर्ने योजना पनि समेट्नेछ।

आर्थिक वर्ष २०८२/८३ को बजेट असार १० गते मंगलबार बिहान ११ बजे सार्वजनिक गर्ने कार्यक्रम रहेको महानगरले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka