Premier Cables
Premier Steel

राजनीति

चीन भ्रमण पूरा गरी स्वदेश फर्कियो रास्वपाको उच्चस्तरीय टोली

Hamro Biratnagar News Channel Calendar शुक्रबार, मंसिर ११, २०८३  | बिहान ९:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उच्चस्तरीय प्रतिनिधिमण्डल चीनको १२ दिने भ्रमण सम्पन्न गरी स्वदेश फर्किएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणामा चीन गएको टोली बिहीबार नेपाल आइपुगेको हो।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले नोभेम्बर १५ देखि २६ सम्म चीनका प्रमुख सहर छेन्दु, हाङझाउ र बेइजिङको भ्रमण गरेको थियो।

विज्ञापन

भ्रमणका क्रममा टोलीले चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता ली शुलेईसँग उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेको थियो। भेटमा नेपाल र चीनबीचको आपसी सम्बन्ध, दुई राजनीतिक दलबीचको समझदारी तथा आगामी दिनमा हुन सक्ने सहकार्यका विषयमा छलफल भएको रास्वपाले जनाएको छ।

चीन बसाइका क्रममा प्रतिनिधिमण्डलले विभिन्न विश्वविद्यालय, औद्योगिक प्रतिष्ठान, व्यापारिक क्षेत्र तथा सांस्कृतिक सम्पदास्थलको अवलोकनसमेत गरेको थियो।

त्यसैगरी, भूकम्पपछिको पुनर्निर्माण, विपद् व्यवस्थापन, नेपाली उत्पादनका लागि चिनियाँ बजारमा पहुँच विस्तार तथा नेपालमा चिनियाँ लगानीको सम्भावनाबारे पनि छलफल गरिएको थियो।

विशेषगरी युवा सीप विकास, पर्यटन प्रवर्द्धन, उद्योग, ऊर्जा र पूर्वाधार विकासमा चिनियाँ लगानी भित्र्याउने विषयलाई टोलीले प्राथमिकतामा राखेको थियो।

रास्वपाका अनुसार भ्रमणका क्रममा भएका छलफललाई व्यवहारमा उतार्न सम्बन्धित सरकारी निकाय तथा निजी क्षेत्रसँग आवश्यक पहल गरिनेछ। विपद् व्यवस्थापन र आर्थिक सहकार्यका क्षेत्रमा समेत सम्भावित सहयोगलाई ठोस नतिजामा पुर्‍याउने पार्टीको योजना रहेको छ।

चीनको भ्रमणलाई दुई देशका राजनीतिक दलबीच आपसी सम्बन्ध विस्तार गर्नुका साथै आर्थिक, प्राविधिक तथा विकास

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Clock Iconबुधबार, मंसिर ०९, २०८३

भारतमा नेपालीले क्यूआरबाट भुक्तानी गर्न अझै अनिश्चित, कहाँ अड्कियो सहमति ?

Clock Iconबुधबार, मंसिर ०९, २०८३

विराट एक्स्पो २०२६-एउटै छानामुनि उद्योगदेखि रोजगारीसम्मका अवसर

Clock Iconमंगलबार, मंसिर ०८, २०८३

अयोध्याबाट आएको सरयू–कमला एक्सप्रेस जनकपुरधाममा, भव्य स्वागत

Clock Iconमंगलबार, मंसिर ०८, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka