Premier Cables
Premier Steel

अन्तराष्ट्रिय शिक्षा

खल्तीमा २४ रुपैयाँ लिएर मुम्बई पुगेका भूषण बने करोडपति

Hamro Biratnagar News Channel Calendar शुक्रबार, मंसिर ११, २०८३  | अपराह्न १२:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । भारतको महाराष्ट्रस्थित एक सामान्य मजदुर परिवारमा जन्मिएका २८ वर्षीय भूषण ठाकरे भारतीय टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ (केबीसी) मा एक करोड भारतीय रुपैयाँ जितेर करोडपति बनेका छन्।

खल्तीमा जम्मा २४ रुपैयाँ लिएर मुम्बई पुगेका भूषणको यो सफलता आर्थिक अभाव, संघर्ष र मेहनतबीच हासिल भएको उपलब्धि हो।

विज्ञापन

महाराष्ट्रको जलगाउँ जिल्लास्थित बालवाडी गाउँका भूषण केबीसीमा सात करोड रुपैयाँको प्रश्नसम्म पुगेका थिए। तर, जोखिम नलिई एक करोड रुपैयाँ लिएर खेलबाट बाहिरिने निर्णय गरे। पछि आफूले अनुमान गरेको उत्तर सही भएको थाहा पाए पनि उनलाई आफ्नो निर्णयप्रति कुनै पछुतो छैन।

छोराको पढाइका लागि आमाले बेच्थिन् सुन

भूमिहीन मजदुर परिवारमा जन्मिएका भूषणका बुबाले मजदुरी गरेर परिवारको खर्च धान्दै आएका थिए। उनकी आमा लामो समयदेखि विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेकी छन्। उनको आठदेखि नौ पटक शल्यक्रिया भइसकेको छ।

आर्थिक अवस्था कमजोर भए पनि आमाले घरखर्चबाट थोरै रकम बचाएर सुन किन्ने गर्थिन्। छोराको पढाइका लागि पैसा आवश्यक पर्दा त्यही सुन बेचेर खर्च जुटाउँथिन्।

अब करोडपति बनेपछि भूषणले सबैभन्दा पहिले आमालाई सुनका गहना किनिदिने योजना बनाएका छन्।

अब बुबालाई मजदुरी गर्न नदिने संकल्प

गाउँकै सरकारी विद्यालयबाट अध्ययन सुरु गरेका भूषणले इतिहास विषयमा स्नातकोत्तर गरेका छन्। हाल उनी राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययनसँगै भारतीय प्रशासनिक सेवा (यूपीएससी) परीक्षाको तयारी गरिरहेका छन्।

केबीसीबाट जितेको रकमले परिवारको आर्थिक अवस्था सुधार्ने, आमाको उपचार गर्ने र ५५ वर्षीय बुबालाई मजदुरीबाट विश्राम दिने उनको चाहना छ।

उनी अब राम्रो शिक्षण संस्थामा भर्ना भएर यूपीएससी परीक्षाको तयारी गर्ने योजनामा छन्।

खल्तीमा २४ रुपैयाँ बोकेर मुम्बई पुगेका भूषणको सफलता करोडपति बन्नुमा मात्रै सीमित छैन। यो वर्षौंदेखि संघर्ष गरिरहेका आमाबुवाको जीवन बदल्ने र आफ्नो सपना साकार पार्ने अवसर पनि बनेको छ।

स्रोत: बीबीसी हिन्दीको अन्तर्वार्तामा आधारित

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Clock Iconबुधबार, मंसिर ०९, २०८३

भारतमा नेपालीले क्यूआरबाट भुक्तानी गर्न अझै अनिश्चित, कहाँ अड्कियो सहमति ?

Clock Iconबुधबार, मंसिर ०९, २०८३

विराट एक्स्पो २०२६-एउटै छानामुनि उद्योगदेखि रोजगारीसम्मका अवसर

Clock Iconमंगलबार, मंसिर ०८, २०८३

अयोध्याबाट आएको सरयू–कमला एक्सप्रेस जनकपुरधाममा, भव्य स्वागत

Clock Iconमंगलबार, मंसिर ०८, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka