Premier Cables
Premier Steel

विराटनगर

प्रधानमन्त्री पार्क विराटनगर महानगरलाई हस्तान्तरण

Hamro Biratnagar News Channel Calendar शुक्रबार, मंसिर ११, २०८३  | अपराह्न ३:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा निर्माण गरिएको प्रधानमन्त्री पार्क औपचारिक रूपमा विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । निर्माण कार्य सम्पन्न गरी अन्तिम भुक्तानीसमेत प्राप्त गरिसकेको निर्माण कम्पनीले पार्कको संरक्षण, रेखदेख तथा सञ्चालनको जिम्मेवारी महानगरपालिकालाई हस्तान्तरण गरेको हो ।

खुश्बु निर्माण सेवा प्रालिका निर्देशक दुष्यन्तकुमार पौडेलले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मालाई पार्कको चाबी हस्तान्तरण गरे । चाबी हस्तान्तरणसँगै निर्माण सम्पन्न भएको पार्कको स्वामित्व र सञ्चालनसम्बन्धी जिम्मेवारी औपचारिक रूपमा महानगरपालिकामा सरेको छ ।

विज्ञापन

महानगरपालिका र निर्माण कम्पनीबीच २०७९ असोज ११ गते भएको ठेक्का सम्झौताअनुसार कम्पनीले प्रधानमन्त्री पार्क निर्माणको जिम्मेवारी पाएको थियो ।

निर्माण कम्पनीले महानगरपालिकाका प्राविधिक कर्मचारीको प्रत्यक्ष रेखदेख, निर्देशन तथा स्वीकृत डिजाइन र नक्साअनुसार गुणस्तरीय निर्माण सामग्री प्रयोग गरी काम अघि बढाएको जनाएको छ ।

सम्झौतामा उल्लेखित सर्त र मापदण्डअनुसार निर्माण कार्य पूरा भएपछि महानगरपालिकाको प्राविधिक टोलीबाट स्थलगत अनुगमन, नापजाँच तथा गुणस्तर परीक्षण गरिएको थियो ।
निर्माण कम्पनीले बुझाएको पत्रअनुसार २०८३ असोज २८ गते तयार पारिएको अन्तिम मूल्यांकन प्रतिवेदनका आधारमा अन्तिम भुक्तानीसमेत प्राप्त भइसकेको छ । निर्माण कार्य सम्पन्न भई भुक्तानीसमेत भइसकेपछि निर्माणस्थल र त्यहाँ निर्मित संरचनाको संरक्षण, रेखदेख तथा सञ्चालनको जिम्मेवारी महानगरपालिकालाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

यससँगै प्रधानमन्त्री पार्कको संरक्षण र व्यवस्थापन गर्ने जिम्मेवारी महानगरपालिकाको काँधमा आएको छ । अब पार्कलाई व्यवस्थित रूपमा सञ्चालन गरी नगरवासीका लागि उपयोगी सार्वजनिक स्थलका रूपमा विकास गर्नु महानगरपालिकाको जिम्मेवारी हुनेछ ।

पार्क निर्माणका लागि १७ करोड १३ लाख ४८ हजार ८४ रुपैयाँ ६६ पैसा लागत लाग्ने गरी योजना अघि बढाइएको थियो । उक्त रकम भ्याट र पीएससहितको लागत हो ।

प्रधानमन्त्री पार्क विराटनगर–२ र ७ को सीमामा रहेको घोघाहा खद्रापैनी क्षेत्रमा निर्माण गरिएको हो । विराटनगरमा जन्मिएका सात जना पूर्वप्रधानमन्त्रीको योगदानलाई स्मरण गर्दै उनीहरूको स्मारकसहितको पार्क निर्माण गरिएको हो । पार्कमा प्रवेशद्वार, स्मारकस्थल, सार्वजनिक शौचालय, बाल उद्यान, खुला रङ्गमञ्च, प्रतीक्षालय तथा डुङ्गा सञ्चालन गर्ने क्षेत्रलगायतका संरचना निर्माण गर्ने योजना रहेको थियो ।

महानगरपालिकाले आन्तरिक स्रोतबाट निर्माण गरेको यो आयोजना सम्पन्न भएसँगै विराटनगरमा सार्वजनिक तथा पर्यटकीय पूर्वाधारको एउटा महत्त्वपूर्ण संरचना थपिएको छ

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Clock Iconबुधबार, मंसिर ०९, २०८३

भारतमा नेपालीले क्यूआरबाट भुक्तानी गर्न अझै अनिश्चित, कहाँ अड्कियो सहमति ?

Clock Iconबुधबार, मंसिर ०९, २०८३

विराट एक्स्पो २०२६-एउटै छानामुनि उद्योगदेखि रोजगारीसम्मका अवसर

Clock Iconमंगलबार, मंसिर ०८, २०८३

अयोध्याबाट आएको सरयू–कमला एक्सप्रेस जनकपुरधाममा, भव्य स्वागत

Clock Iconमंगलबार, मंसिर ०८, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka