काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उच्चस्तरीय प्रतिनिधिमण्डल चीनको १२ दिने भ्रमण सम्पन्न गरी स्वदेश फर्किएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणामा चीन गएको टोली बिहीबार नेपाल आइपुगेको हो।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले नोभेम्बर १५ देखि २६ सम्म चीनका प्रमुख सहर छेन्दु, हाङझाउ र बेइजिङको भ्रमण गरेको थियो।
भ्रमणका क्रममा टोलीले चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता ली शुलेईसँग उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेको थियो। भेटमा नेपाल र चीनबीचको आपसी सम्बन्ध, दुई राजनीतिक दलबीचको समझदारी तथा आगामी दिनमा हुन सक्ने सहकार्यका विषयमा छलफल भएको रास्वपाले जनाएको छ।
चीन बसाइका क्रममा प्रतिनिधिमण्डलले विभिन्न विश्वविद्यालय, औद्योगिक प्रतिष्ठान, व्यापारिक क्षेत्र तथा सांस्कृतिक सम्पदास्थलको अवलोकनसमेत गरेको थियो।
त्यसैगरी, भूकम्पपछिको पुनर्निर्माण, विपद् व्यवस्थापन, नेपाली उत्पादनका लागि चिनियाँ बजारमा पहुँच विस्तार तथा नेपालमा चिनियाँ लगानीको सम्भावनाबारे पनि छलफल गरिएको थियो।
विशेषगरी युवा सीप विकास, पर्यटन प्रवर्द्धन, उद्योग, ऊर्जा र पूर्वाधार विकासमा चिनियाँ लगानी भित्र्याउने विषयलाई टोलीले प्राथमिकतामा राखेको थियो।
रास्वपाका अनुसार भ्रमणका क्रममा भएका छलफललाई व्यवहारमा उतार्न सम्बन्धित सरकारी निकाय तथा निजी क्षेत्रसँग आवश्यक पहल गरिनेछ। विपद् व्यवस्थापन र आर्थिक सहकार्यका क्षेत्रमा समेत सम्भावित सहयोगलाई ठोस नतिजामा पुर्याउने पार्टीको योजना रहेको छ।
चीनको भ्रमणलाई दुई देशका राजनीतिक दलबीच आपसी सम्बन्ध विस्तार गर्नुका साथै आर्थिक, प्राविधिक तथा विकास
