Premier Cables
Premier Steel

राजनीति

रास्वपाका सांसद र मन्त्रीहरूलाई सभापति रवि लामिछानेले बोलाए बैठक

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र ०३, २०८३  | बिहान १०:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू र प्रतिनिधिसभाका सांसदहरूलाई छलफलका लागि बोलाएका छन्।

सांसदहरूको भाषा शैली, संसदीय मर्यादा र पछिल्लो गतिविधिलाई लिएर सार्वजनिक रूपमा प्रश्न उठ्न थालेपछि उनले यो बैठक डाकेका हुन्।

बिज्ञापन

बिहान ११ बजे बस्ने उक्त बैठकमा सभापति लामिछानेले संसद् तथा विषयगत समितिहरूमा प्रयोग भएको भाषा र भूमिकाबारे ध्यानाकर्षण गराउँदै सांसदहरूलाई आवश्यक निर्देशन दिने बुझिएको छ।

साथै, आफ्नै पार्टीका सांसदहरूबाट सरकारको आलोचना हुन थालेपछि रास्वपाले मन्त्रीहरूलाई पनि बैठकमा सहभागी गराउन लागेको हो। पार्टीभित्रैबाट सरकारको विरोध हुनुका कारण र यसले सिर्जना गरेको परिस्थितिबारे बैठकमा गहन छलफल हुने स्रोतले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka