Premier Cables
Premier Steel

राजनीति समाचार

रास्वपा केन्द्रीय समिति बैठक: ९ एजेन्डामा संगठन, महाधिवेशन र नीतिगत सुधार केन्द्रमा

Hamro Biratnagar News Channel Calendar आइतबार, बैशाख ०६, २०८३  | साँझ ४:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बस्ने केन्द्रीय समिति बैठकका लागि ९ वटा एजेन्डा तय गरेको छ। बैठक पार्टीको केन्द्रीय कार्यालयमा आयोजना हुने जनाइएको छ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा मुख्य रूपमा सांगठनिक सुदृढीकरण, आगामी महाधिवेशनको तयारी तथा नीतिगत सुधारका विषयमा छलफल हुनेछ। बैठकको सुरुवातमा हालसम्मका गतिविधिहरूको विवरण प्रस्तुत गरिनेछ भने त्यसपछि २० जना केन्द्रीय सदस्यलाई जनस्तरको रिपोर्टिङका लागि जनही दुई मिनेटको समय दिइनेछ।

बिज्ञापन

बैठकका प्रमुख एजेन्डामध्ये केन्द्रीय समितिका पदाधिकारीहरूको मनोनयन, महाधिवेशन कार्यविधिको मस्यौदामाथि छलफल तथा पार्टी विधान संशोधनसम्बन्धी विषयहरू समेटिएका छन्। साथै, स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ‘स्थानीय तह उम्मेदवार क्लब’ गठन गर्ने र इच्छुक उम्मेदवारहरूबाट आवेदन आह्वान गर्ने प्रस्ताव पनि अघि सारिएको छ।

रास्वपाले विदेशमा रहेका नेपाली नागरिकलाई उनीहरू बसेकै स्थानबाट मतदानको अधिकार सुनिश्चित गर्ने विषयलाई पनि प्राथमिकताका साथ उठाउने भएको छ। बैठकले यसअघि सचिवालयले गरेका निर्णयहरूको अनुमोदन गर्नुका साथै विभिन्न आयोग र निकायबाट प्राप्त पत्राचारमाथि निर्णय लिनेछ।

यसैगरी, विषयगत विभागहरूलाई योजना निर्माण र नीति मन्थनका लागि आवश्यक निर्देशन दिने तथा संसदीय दलको विधान संशोधनसम्बन्धी विषयमा पनि छलफल हुने प्रवक्ता झाले जानकारी दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka