Premier Cables
Premier Steel

विराटनगर

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा अर्गानिक किसान बजार आयोजना

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, पुष ०९, २०८२  | बिहान १०:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा सेरेब्रल पाल्सी डे केयर सेन्टर परिसरमा अर्गानिक किसान बजार सम्पन्न भएको छ।

यस बजारमा पूर्ण रूपमा घरमै उत्पादन गरिएका अर्गानिक तरकारी, दाल, चामल तथा पिठो उपलब्ध गराइएको थियो।

बिज्ञापन

यस किसान बजारको आयोजना तथा व्यवस्थापनमा श्री कृष पोद्दारको विशेष योगदान रहेको थियो। उनले आफ्नै खेतमा उत्पादन गरिएका शुद्ध अर्गानिक खाद्य सामग्रीहरू उपभोक्तासमक्ष प्रत्यक्ष रूपमा उपलब्ध गराउँदै स्वस्थ जीवनशैली, दिगो कृषि र किसान–समुदायको सिधा सम्पर्क प्रवर्द्धन गर्ने उल्लेखनीय पहल गरेका छन्।

बजारमा सहभागी रोटरी सदस्यहरू तथा अभिभावकहरूले रासायनिक मलरहित, स्वास्थ्यप्रद र विश्वासिलो अन्न तथा तरकारी खरिद गर्ने अवसर पाएका थिए। यस पहलले स्थानीय उत्पादनको महत्त्व, जैविक खेतीप्रतिको जागरूकता तथा सचेत उपभोग संस्कृतिलाई प्रोत्साहन गरेको आयोजकले जनाएको छ।

रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रोटेरियन गिरिजा सारडाले यस्ता किसान बजारहरूले समुदायको स्वास्थ्यसँगै किसानको सम्मान र आत्मनिर्भरतालाई बल पुर्‍याउने बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिइन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa