Premier Cables
Premier Steel

विराटनगर

एकीकृत सेरेब्रल पाल्सी स्वास्थ्य शिविर सम्पन्न

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, फाल्गुण १७, २०८२  | बिहान ७:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा सञ्चालित सविता चाइल्ड एण्ड न्युरोलोजिकल रिहाबिलिटेशन सेन्टरको आयोजनामा एकीकृत सेरेब्रल पाल्सी स्वास्थ्य शिविर सम्पन्न भएको छ।

उक्त शिविरमा दन्त, फिजिसियन तथा अर्थोपेडिक सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको थियो। विशेष गरी सेरेब्रल पाल्सी तथा अन्य विकासात्मक समस्याबाट प्रभावित बालबालिकाहरूलाई लक्षित गर्दै बहुआयामिक स्वास्थ्य परीक्षण तथा परामर्श सेवा उपलब्ध गराइएको थियो।

बिज्ञापन

शिविरमा दन्त रोग विशेषज्ञ डा. अभिषेक कुमार र डा. निमिषा, अर्थोपेडिक विशेषज्ञ डा. नवीन कर्ण तथा फिजिसियन डा. मनोज श्रीवास्तवको उपस्थिति रहेको थियो। चिकित्सकहरूले बालबालिकाहरूको विस्तृत परीक्षण गरी अभिभावकहरूलाई आवश्यक उपचार, हेरचाह तथा दीर्घकालीन व्यवस्थापन सम्बन्धी सुझाव प्रदान गरेका थिए।

कार्यक्रममा क्लबकी अध्यक्ष रोटेरियन गिरिजा सरडाले शिविरको उद्देश्य र महत्वबारे जानकारी गराउँदै विशेष आवश्यकताका बालबालिकाहरूका लागि समग्र तथा पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउने क्लबको निरन्तर प्रयास रहेको बताउनुभयो।

कार्यक्रममा चार्टर प्रेसिडेंट डा. ममता वर्मा को विशेष योगदान, र अर्चना शर्मा तथा सरिता गोल्छा लगायत क्लबका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

यस प्रकारका एकीकृत स्वास्थ्य शिविरहरूले विशेष आवश्यकता भएका बालबालिकाहरूको जीवनस्तर सुधार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास क्लबले व्यक्त गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa