Premier Cables
Premier Steel

प्रदेश

कोसी प्रदेशका नदीहरूमा आकस्मिक बाढीको खतरा, सतर्कता अपनाउन आग्रह

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन २०, २०८२  | बिहान ११:५४ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भूभागमा स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

काभ्रेपलाञ्चोक, मकवानपुर, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र आसपासका जिल्लामा साना नदीहरूको बहाव उल्लेख्यरूपमा बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहने सम्भावना रहेकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन अनुरोध गरिएको छ।

बिज्ञापन

त्यस्तै, संखुवासभा, रामेछाप, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, उदयपुर, सर्लाही, रौतहट, बारा, पर्सा, काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर, भक्तपुर), मकवानपुर, चितवन, रुपन्देही, नवलपरासी (पूर्व–पश्चिम), कपिलवस्तु, म्याग्दी, प्युठान, अर्घाखाँची, जाजरकोट, डोल्पा, रुकुम पश्चिम, दैलेख, कालिकोट, सुर्खेत, अछाम, बझाङ, डडेल्धुरा, डोटी, बैतडी, दार्चुला र आसपासका जिल्लामा पनि साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिमसहित उच्च सम्भावना रहेको बताइएको छ।

इलाम, झापा, ताप्लेजुङ, तेह्रथुम, पाँचथर, खोटाङ, ओखलढुंगा, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, सिरहा, सप्तरी, धनुषा, महोत्तरी, धादिङ, नुवाकोट, रसुवा, स्याङ्जा, तनहुँ, पर्वत, गुल्मी, जुम्ला, मुगु, हुम्ला, बाजुरा र आसपासका क्षेत्रमा भने मध्यम जोखिमसहित आकस्मिक बाढीको मध्यम सम्भावना रहने पूर्वानुमान गरिएको छ।

महाशाखाले नदी आसपास बसोबास गर्ने नागरिक, कृषक, यात्रु तथा नदीजन्य क्रियाकलापमा संलग्न सबैलाई सतर्कता अपनाउन, आवश्यक सुरक्षा उपाय अवलम्बन गर्न तथा स्थानीय निकाय र प्रशासनबाट प्राप्त निर्देशनको पालना गर्न आग्रह गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka