Premier Cables
Premier Steel

मौसम

देशका केही खोला नदीमा आकस्मिक बाढीको सम्भावना

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ०३, २०८२  | अपराह्न १२:०६ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । आज देशका केही साना नदीमा पानीको बहाव उल्लेखनीय रूपमा बढ्ने पूर्वानुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले ती नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम उच्च रहनेछ। यी जिल्लामा बहने साना नदीहरूमा बहाव अचानक बढ्न सक्ने सम्भावना छ।

बिज्ञापन

त्यस्तै, इलाम, झापा, मकवानपुर, चितवन, कास्की, लमजुङ, तनहुँ, म्याग्दी, बागलुङ, गोरखा, जाजरकोट, दैलेख, रोल्पा, सल्यान, सुर्खेत, डडेलधुरा, कैलाली र कञ्चनपुर जिल्लामा पनि साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने छ। यहाँ पनि आकस्मिक बाढीको मध्यम जोखिम रहेको अनुमान गरिएको छ।

तर हाल (मंगलबार बिहानको मापनअनुसार) कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकालीलगायतका प्रमुख नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलस्तर भने सतर्कता तहभन्दा तल रहेको महाशाखाले जानकारी दिएको छ

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka