Premier Cables
Premier Steel

अपराध

एक महिनामा २,६३५ जना प्रतिवादी पक्राउ, ११ करोड ५२ लाख जरिवाना संकलन

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन १८, २०८२  | बिहान १०:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । असार महिनामा देशभरिबाट २,६३५ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन्। नेपाल प्रहरीको तथ्याङ्कअनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनीहरूलाई विभिन्न प्रदेशबाट नियन्त्रणमा लिइएको हो। यस अवधिमा ११ करोड ५२ लाख १८ हजार १२१ रुपैयाँ बराबरको जरिवाना समेत संकलन गरिएको छ।

प्रहरी मुख्यालयको सार्वजनिक विवरण अनुसार सर्वाधिक प्रतिवादी पक्राउ पर्ने प्रदेश कोशी प्रदेश हो, जहाँ ५५३ जना पक्राउ परेका छन् र १ करोड ६५ लाख ६२ हजार ६०१ रुपैयाँ जरिवाना उठाइएको छ। त्यसपछि मधेश प्रदेशमा ६२२ जना पक्राउ परेका छन्, जसबाट ३ करोड ५५ लाख १३२ रुपैयाँ जरिवाना संकलन भएको छ।

बिज्ञापन

बागमती प्रदेशबाट ११३ जना पक्राउ परेका छन् र १ करोड २१ लाख २२ हजार १६१ रुपैयाँ जरिवाना संकलन भएको छ। गण्डकी प्रदेशमा ७५० जना पक्राउ परेका छन् भने ५२ लाख ३६ हजार ३०७ रुपैयाँ जरिवाना असुल गरिएको छ। लुम्बिनी प्रदेशमा ३८८ जना, कर्णाली प्रदेशमा १०० जना र सुदूरपश्चिम प्रदेशमा ११ जना पक्राउ परेका छन्।

यसैबीच, काठमाडौं उपत्यकाबाट ५४८ जना पक्राउ परेका छन् भने २ करोड १० लाख ९३१ रुपैयाँ जरिवाना उठाइएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले मात्रै ५१ जना फरारलाई पक्राउ गरी १ करोड ३३ लाख ३६३ रुपैयाँ जरिवाना संकलन गरेको छ।

फैसला कार्यान्वयन अभियान अन्तरगत हालसम्म पक्राउ परेका व्यक्तिहरूलाई जेल सजाय अनुसार ७ वर्ष ४ महिना ६ दिन कैद सजाय सुनाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka