Premier Cables
Premier Steel

राष्ट्रिय

गोप्य अनुसन्धान विवरण चुहाउने प्रहरी कर्मचारीमाथि कारबाही गर्ने प्रहरी प्रधान कार्यालयको चेतावनी

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर १३, २०८३  | राती ८:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल प्रहरीले फौजदारी मुद्दाको अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, विवरण, लिखित तथा विद्युतीय अभिलेख अनधिकृत रूपमा सार्वजनिक गर्ने प्रहरी कर्मचारीमाथि विभागीय तथा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।

प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै अनुसन्धानका क्रममा संकलन गरिएका गोप्य सूचना, प्रमाण तथा अभिलेख सम्बन्धित निकायको स्वीकृतिबिना अनधिकृत व्यक्ति वा सञ्चारमाध्यमलाई उपलब्ध गराउने, सार्वजनिक गर्ने तथा तोडमोड गर्ने कार्य गम्भीर कसुर भएको जनाएको छ।

विज्ञापन

विज्ञप्तिमा पछिल्लो समय विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फौजदारी अपराधको अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना तथा विवरण अनधिकृत रूपमा चुहावट भइरहेकोप्रति प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

यस्ता गतिविधिले अनुसन्धानसँग सम्बन्धित व्यक्तिहरूको व्यक्तिगत गोपनीयतामा असर पुर्‍याउनुका साथै अनुसन्धान प्रक्रियाको निष्पक्षता, संवेदनशीलता र नेपाल प्रहरीको संगठनात्मक गरिमामा समेत आँच पुग्ने प्रहरीको भनाइ छ।

प्रहरी नियमावली, २०७१ को नियम ७१ तथा नियम १०९ र ११३ लगायतका व्यवस्थाहरू र मुलुकी अपराध संहिता, २०७४ को दफा ९२ को उपदफा (३), (४) र (५) बमोजिम गोप्य सूचना तथा अभिलेख अनधिकृत रूपमा खुलासा गर्ने कार्यमा संलग्न व्यक्तिमाथि आवश्यक कानुनी कारबाही हुन सक्ने विज्ञप्तिमा जनाइएको छ।

नेपाल प्रहरीले हाल कार्यरत तथा सेवाबाट अलग भइसकेका सम्पूर्ण प्रहरी कर्मचारीलाई अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, विवरण, लिखित तथा विद्युतीय अभिलेख अनधिकृत व्यक्तिलाई उपलब्ध नगराउन, सार्वजनिक नगर्न तथा त्यस्ता गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न नहुन निर्देशन दिएको छ।

त्यसैगरी, यस्ता गैरकानुनी तथा अनुशासनविपरीतका गतिविधिमा संलग्न हुने, प्रोत्साहन गर्ने, सहयोग गर्ने वा सहजीकरण गर्ने प्रहरी कर्मचारीमाथि आवश्यक छानबिन गरी विभागीय तथा कानुनी कारबाही गरिने चेतावनीसमेत प्रहरीले दिएको छ।

प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा प्रहरी कर्मचारीलाई आफ्नो पदीय मर्यादा, व्यावसायिक आचरण, अनुशासन तथा संगठनात्मक जिम्मेवारीप्रति सचेत र जिम्मेवार रहन आग्रह गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

कोशीको आर्थिक रूपान्तरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड, विराटनगरका उद्योगीले सुनाए समस्या

Clock Iconआइतबार, मंसिर १३, २०८३

कोशीमा निजी क्षेत्रसँग आर्थिक संवाद गर्न रास्वपा महामन्त्रीसहितका नेता विराटनगरमा

Clock Iconआइतबार, मंसिर १३, २०८३

अयोध्या-जनकपुर रेलसेवाले पर्यटनको नयाँ ढोका खोल्यो, पर्यटक टिकाइराख्नु मुख्य चुनौती

Clock Iconआइतबार, मंसिर १३, २०८३

फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Clock Iconबुधबार, मंसिर ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka