Premier Cables
Premier Steel

समाचार

गुणस्तरीय प्रारम्भिक बालशिक्षा किन र कसरी ? विषयक कोशी प्रदेशस्तरीय शैक्षिक सम्मेलन सम्पन्न

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर १३, २०८३  | साँझ ६:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । प्रारम्भिक बाल शिक्षालाई प्रभावकारी बनाउने उद्देश्यका साथ गुणस्तरीय प्रारम्भिक बालशिक्षा किन र कसरी ? विषयक कोशी प्रदेशस्तरीय शैक्षिक सम्मेलन आज सम्पन्न भएको छ । विराटनगरको एभरेष्ट कलेजमा दोस्रो दिनको कार्यशाला, समूहगत छलफल, व्यवहारिक अभ्यासपछि सम्मेलन सम्पन्न भएको हो । विभिन्न विषयगत समूहमा भएको कार्यशालामा विषयगत विज्ञहरुले सहजिकरण गर्नुभएको थियो ।

सम्मेलनमा कोशी प्रदेशका १४ वटै जिल्लाबाट नीजि तथा सामुदायिक विद्यालयका करिब चारसय शिक्षक, शिक्षिका सहभागि हुनुभएको थियो । सम्मेलनमा बाल मस्तिष्कको विकास क्रमसँगै उनीहरुसँग कस्तो व्यवहार गर्ने, कसरी अध्यापन गराउने, शैक्षिक वातावरण कस्तो हुनुपर्छ, सिकाई पद्दति कस्तो हुनुपर्छ लगायतका विषयमा छलफल र सहजिकरण भएको छ । कार्यक्रममा उपस्थित शिक्षक शिक्षिकाहरुले यो सम्मेलन प्रारम्भिक बालशिक्षाको लागि अत्यन्त फलदायी भएको भन्दै यसको प्रतिफल क्रमशः आउने विश्वास ब्यक्त गर्नुभएको छ ।

विज्ञापन

कार्यक्रमलाई सहिजकरण गर्दै रातो बंगला फाउडेसनकी अध्यक्ष शान्ता दिक्षितले विभिन्न तथ्यहरु प्रस्तुत गर्दै कसरी शिक्षण सिकाई गर्दा गुणस्तर कायम गर्न सकिन्छ भन्ने विषयमा बुझाउनुभएको थियो । उहाँले विराटनगरको एभरेष्ट सेकेन्डरी स्कुलले प्राप्त गर्दै गएको उपलब्धि पनि गुणस्तरीय प्रारम्भिक बाल शिक्षाको सिकाई पद्दतिले गर्दा भएको बताउनुभयो । उहाँले उपस्थित शिक्षक शिक्षिकाले सम्मेलनमा बुझेका विषयहरुलाई आफ्ना विद्यालयमा पुगेर कार्यान्वयन गर्दा कोशी प्रदेशकै शिक्षाको स्तरमा अभिवृद्धि हुने विश्वास ब्यक्त गर्नुभयो ।

दोस्रो दिनको सत्रको प्रारम्भमा स्वागत मन्तव्य राख्दै एभरेष्ट सेकेन्डरी स्कुलका प्रिन्सिपल टिकाराम पुरीले अभिभावकले खाई नखाई राम्रो स्कुलमा पढाउन चाहने गरेको भन्दै त्यसको उद्देश्य आफ्नो बच्चाको भविष्य उज्वल बनोस भनेर नै रहेको बताउनुभयो । ‘बच्चाको भविष्य राम्रो बनाउन गुणस्तरीय प्रारम्भिक बालशिक्षाको आवश्यकता छ भन्दै उहाँले भन्नुभयो,‘विद्यालय सुधार हुन शिक्षक राम्रो हुनुपर्छ, यो सम्मेलनले त्यसको वातावरण बनाउँछ ।’ सूर्य र शिक्षक उस्तै उस्तै रहेको भन्दै प्रिन्सिपल पुरीले भन्नुभयो,‘सूर्यले उज्यालोको लागि किरण छरे जस्तै शिक्षकले शिक्षाको किरण छर्ने हो ।’ उहाँले एउटा विद्यालयलाई सफल बनाउन व्यवस्थापकीय, शैक्षिक वातावरण, भौतिक पूर्वाधार र दक्ष शिक्षक अपरिहार्य हुने बताउनुभयो ।

कार्यक्रममा रातो बंगला स्कुलकी प्रिन्सिपल मिलन दिक्षित, एभरेष्ष्ट सेकेन्डरी स्कुलका अध्यक्ष विनोद ढकाल, प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठलगायत विभिन्न विद्यालयका प्रिन्सिपल तथा शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन रातो बंगला फाउण्डेसनकी कार्यकारी निर्देशक एलिन सुब्बाले गर्नुभएको थियो । हिजो होटल स्वागतममा उद्घाटन भएको सम्मेलन आज एभरेष्ट कलेजमा सञ्चालन भएको हो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

कोशीको आर्थिक रूपान्तरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड, विराटनगरका उद्योगीले सुनाए समस्या

Clock Iconआइतबार, मंसिर १३, २०८३

कोशीमा निजी क्षेत्रसँग आर्थिक संवाद गर्न रास्वपा महामन्त्रीसहितका नेता विराटनगरमा

Clock Iconआइतबार, मंसिर १३, २०८३

अयोध्या-जनकपुर रेलसेवाले पर्यटनको नयाँ ढोका खोल्यो, पर्यटक टिकाइराख्नु मुख्य चुनौती

Clock Iconआइतबार, मंसिर १३, २०८३

फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Clock Iconबुधबार, मंसिर ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka