Premier Cables

कोशी प्रदेश

प्रहरीको सक्रियतामा अवरुद्ध सिद्धिचरण लोकमार्ग खुल्यो (हेर्नुहोस तीन तस्बीर)

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन १३, २०८२  | अपराह्न १२:३४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

ओखलढुङ्गा ।ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सिमानामा पर्ने सिद्धिचरण लोकमार्गको एक भाग बाढीका कारण अवरुद्ध भएको थियो। तर, नेपाल प्रहरीले तिव्र प्रतिक्रिया दिँदै सडक पुनः सञ्चालनमा ल्याउन सफल भएको छ।

सोमबार दिउँसो करिब ३:०० बजे देखिएको अविरल वर्षापछि भँडारे खोलामा लेदो मिसिएको बाढी आएर सडकको करिब १० मिटर हिस्सा भत्किएको थियो। यसले सिद्धिचरण लोकमार्ग पूर्णरूपमा अवरुद्ध बनाएको थियो।

विज्ञापन

तर, प्रहरी चौकी हर्कपुरबाट खटिएको टोलीले तत्काल घटनास्थलमा पुगेर जोखिम व्यवस्थापन गर्दै सडक सुचारु गर्न प्रयास थालेको थियो। प्रहरीले स्थानीय निकायसँग समन्वय गरी सुरक्षात्मक उपाय अपनाउँदै छोटो समयमै यातायात आवागमन सम्भव हुने गरी सडक मर्मत गरेको छ।

प्रहरीको यस्तो साहसी, तिव्र र प्रभावकारी कामले आम नागरिकको जनजीवन सहज बनाउन ठूलो योगदान दिएको स्थानीय बासिन्दाहरू बताउँछन्। सडक अवरुद्ध हुँदा विद्यालय जाने विद्यार्थी, अस्पताल पुग्ने बिरामी र अत्यावश्यक सेवामा असर पर्ने स्थिति रहेको थियो।

यस घटनाले संकटको घडीमा नेपाल प्रहरी जनताको सुरक्षाका साथै सेवा प्रवाहमा पनि अग्रपंक्तिमा रहने संस्था हो भन्ने पुनः प्रमाणित भएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka