Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी प्रहरी प्रमुखमा डिआइजी विनोद घिमिरे

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर ०९, २०८२  | बिहान ८:२८ बजे
Hamro Biratnagar Headlines

विराटनगर। ईश्वर कार्की एआइजीमा बढुवा भएपछि नेपाल प्रहरीका डीआईजी (प्रहरी नायव महानिरीक्षक) विनोद घिमिरेलाई कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।

गृह मन्त्रालयले कोशी प्रदेशको प्रहरी कमाण्ड डीआईजी घिमिरेलाई दिएको हो ।

बिज्ञापन

यसअघि कोशी प्रदेश प्रहरी प्रमुख रहेका ईश्वर कार्कीलाई एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक)मा बढुवा गर्ने सिफारिस भएपछि सो पद रिक्त बनेको थियो। मन्त्रिपरिषद्को निर्णयले कार्कीको बढुवा सिफारिस स्वीकृत गरेपछि उनलाई एआईजीको रूपमा पदस्थापन भइसकेको छ ।

रिक्त बनेको प्रदेश प्रहरी प्रमुखको स्थानमा डीआईजी घिमिरेलाई जिम्मेवारी तोकिएको हो। डीआईजी घिमिरे नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग अन्तर्गत आर्थिक प्रशासन तथा प्रवन्ध निर्देशनालयमा कार्यरत थिए। उनले यसअघि नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको भूमिकासमेत सम्हालेका छन्।

गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार डीआईजी दिलिपसिंह देउवालाई प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा र डीआईजी दीपककुमार बस्नेतलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka