Premier Cables
Premier Steel

अपराध

प्रहरी निरीक्षक हुँ भन्दै दुई लाख रुपैयाँ बार्गेनिङ गर्ने पाँच जना पक्राउ

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर १३, २०८३  | अपराह्न १२:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । आफूलाई प्रहरी निरीक्षक (इन्स्पेक्टर) बताउँदै थुनामा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै २ लाख रुपैयाँ माग गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ओखलढुङ्गाका ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछापका २९ वर्षीय इन्द्रबहादुर भुजेल, पाल्पाका ३३ वर्षीय धिरज रानाभाट, सिन्धुपाल्चोकका २५ वर्षीय खेलबहादुर मगर र सिन्धुलीका ३० वर्षीय हर्क सिंह भोलन रहेका छन्।

विज्ञापन

प्रहरीका अनुसार मंसिर १० गते एक व्यक्तिलाई सोधपुछका लागि प्रहरी प्रभाग काँडाघारी बोलाइएको थियो। ती व्यक्तिका भाइ दाइलाई भेट्न जाने क्रममा आरोपितहरूले आफू प्रहरी निरीक्षक भएको बताउँदै मुद्दा नचलाई छुटाइदिने भन्दै २ लाख रुपैयाँ माग गरेका थिए। उनीहरूले होटलको खर्चसमेत तिर्न लगाएको खुलेको छ।

पीडितले रकम दिन अस्वीकार गरेपछि आरोपितहरूले फोन र म्यासेजमार्फत धम्की दिएको प्रहरीले जनाएको छ। सूचनाका आधारमा प्रहरी टोलीले कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित वीरेन्द्र चोकबाट पाँचै जनालाई पक्राउ गरेको हो।

उनीहरूविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

कोशीमा निजी क्षेत्रसँग आर्थिक संवाद गर्न रास्वपा महामन्त्रीसहितका नेता विराटनगरमा

Clock Iconआइतबार, मंसिर १३, २०८३

अयोध्या-जनकपुर रेलसेवाले पर्यटनको नयाँ ढोका खोल्यो, पर्यटक टिकाइराख्नु मुख्य चुनौती

Clock Iconआइतबार, मंसिर १३, २०८३

फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Clock Iconबुधबार, मंसिर ०९, २०८३

भारतमा नेपालीले क्यूआरबाट भुक्तानी गर्न अझै अनिश्चित, कहाँ अड्कियो सहमति ?

Clock Iconबुधबार, मंसिर ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka