Premier Cables
Premier Steel

विराटनगर

विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा शल्यचिकित्सकको राष्ट्रिय सम्मेलन सम्पन्न, ५०० भन्दा बढीको सहभागिता

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर १३, २०८३  | राती ८:१४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा आयोजना भएको नेपाल शल्यचिकित्सक समाज (एसएसएन) को १५ औँ राष्ट्रिय सम्मेलन ‘एसएसएनकन २०२६’ सम्पन्न भएको छ ।

‘शल्यचिकित्सामा उत्कृष्टताको अभिवृद्धि: नवप्रवर्तन, प्रविधि र सहकार्य’ नाराका साथ मंसिर १० देखि १२ गतेसम्म चलेको उक्त सम्मेलन नेपाल शल्यचिकित्सक समाज कोशी प्रदेश शाखाको आयोजना तथा केन्द्रीय समाज काठमाडौँको सहकार्यमा सम्पन्न भएको हो ।

विज्ञापन

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यता तथा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको विशिष्ट आतिथ्यतामा सम्मेलनको उद्घाटन समारोह सम्पन्न भएको थियो । समारोहको मञ्चमा एसएसएनका अध्यक्ष प्रा. डा. रोबिन जोशी, निवर्तमान अध्यक्ष तथा वैज्ञानिक समितिका अध्यक्ष डा. रोमियो कंसाकार, महासचिव डा. सुमिता प्रधान, आयोजक अध्यक्ष प्रा. डा. रोहितप्रसाद यादव र आयोजक सचिव प्रा. डा. राकेश कुमार गुप्ताले आसन ग्रहण गरेका थिए । सोही अवसरमा मुख्यमन्त्री कार्की र डा. अर्बिन जोशीले सम्मेलनको स्मारिका तथा जर्नलको विमोचन गरेका थिए ।

समारोहमा नेपालका वरिष्ठ शल्यचिकित्सकद्वय डा. सुनिलचन्द्र अधिकारी र प्रा. डा. निलाधर हाडकेलाई सम्मान गरिएको थियो भने विशेष अतिथिका रूपमा प्रा. डा. ज्ञानेन्द्र मान सिंह कार्कीलाई समेत सम्मान प्रदान गरियो । विभिन्न विधाका पुरस्कार तथा प्रतियोगिताका विजेताहरू सम्मेलनको उद्घाटन समारोहमा उत्कृष्ट पोस्टर पुरस्कार डा. अश्विन लम्साल, उत्कृष्ट रेजिडेन्ट पुरस्कार डा. हरिहर देवकोटा र उत्कृष्ट युवा शल्यचिकित्सक पुरस्कार डा. शिशिर देवकोटालाई प्रदान गरियो ।

सम्मेलनमा पहिलोपटक आयोजना गरिएको MIS (Minimally Invasive Surgery) च्याम्पियनसिपअन्तर्गत ल्याप्रोस्कोपिक सुचरिङ (Laparoscopic Suturing) प्रतियोगितामा ९ वटा कलेज र हस्पिटलले सहभागिता जनाएका थिए । प्रतियोगितामा बिराट मेडिकल कलेजका डा. तिलक डांगी, डा. अबिरल कटुवाल र डा. सुबास थापाको टोली प्रथम भए । बी एन्ड बी हस्पिटलका डा. सौजन्य जंग पाण्डे, डा. मनिष महासेठ र डा. नितेश महर्जनको टोली द्वितीय भए । त्यसैगरी रेसिडेन्ट्स बेस्ट पेपर अवार्डतर्फ काठमाडौं मेडिकल कलेज टिचिङ हस्पिटलका डा. सरोज कुमार भगत प्रथम भए । यस्तै चितवन मेडिकल कलेजका डा. राजेन्द्र ढकालले द्वितीय र पोखरा एकेडेमी अफ हेल्थ साइन्सेसका डा. रणबीर यादवले तृतीय स्थान हासिल गरे ।

पोस्टर प्रेजेन्टेसनतर्फ महाराजगञ्ज मेडिकल क्याम्पस (टीयूटीएच, आईओएम) का डा. मिलन अधिकारी प्रथम, चितवन मेडिकल कलेजका डा. बिवेक कुमार दास द्वितीय र युनिभर्सल कलेज अफ मेडिकल साइन्सका डा. विशाल कुंवर तृतीय भए ।

युवा सर्जन्स अवार्डतर्फ बीपी कोइराला मेमोरियल क्यान्सर हस्पिटलका डा. महेश मणि अधिकारीले प्रथम, चितवन मेडिकल कलेज टिचिङ हस्पिटल (सीएमसीटीएच) का डा. बसन्त कुमार यादवले द्वितीय र धुलिखेल हस्पिटलका डा. अरुण ज्ञवालीले तृतीय स्थान प्राप्त गरे ।

तीन दिनसम्म चलेको सम्मेलनको पहिलो दिन मंसिर १० गते पूर्वसम्मेलन कार्यशाला सञ्चालन गरिएको थियो । कार्यशालामा इन्डोस्कोपी तथा कोलोनोस्कोपी, हर्नियाको शल्यक्रिया र मलद्वार सम्बन्धी रोगको उपचार बारे व्यावहारिक तालिम दिइनुका साथै पेटको क्यान्सर र कलेजोको शल्यक्रियाको तयारीबारे विज्ञहरूसँग अन्तरक्रिया गरिएको थियो ।

त्यसैगरी मंसिर ११ र १२ गते सञ्चालन भएको मुख्य वैज्ञानिक कार्यक्रममा अनुसन्धानपत्र तथा ई–पोस्टर प्रस्तुति, विशेषज्ञ प्रवचन र अन्तरक्रियात्मक सत्रहरू समावेश थिए । जसमा हर्निया, अन्ननली, पेट, कलेजो, प्यान्क्रियाज, कोलोरेक्टल, स्तन, युरोलोजी तथा न्युरोसर्जरीसम्बन्धी विषयमा छुट्टाछुट्टै सत्रहरू चलाइएका थिए । साथै, रोबोटिक शल्यक्रिया र चिकित्सा शिक्षामा कृत्रिम बौद्धिकता (एआई) को प्रयोगजस्ता नवीनतम विषयमा समेत गहन छलफल भएको थियो ।अनुभवी तथा युवा शल्यचिकित्सकबीच ज्ञान, सीप र अनुभव आदानप्रदान गर्नुका साथै आपसी सहकार्य अभिवृद्धि गर्ने र नेपालमा शल्यचिकित्सा सेवाका चुनौती तथा सम्भावनाबारे गहन छलफल गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ।

उक्त सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, जापान, फिलिपिन्स, संयुक्त अरब इमिरेट्स (यूएई) र मलेसिया लगायतका देशका ५०० जनाभन्दा बढी शल्यचिकित्सक, अनुसन्धानकर्ता, प्राध्यापक तथा चिकित्सकहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।


*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

कोशीको आर्थिक रूपान्तरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड, विराटनगरका उद्योगीले सुनाए समस्या

Clock Iconआइतबार, मंसिर १३, २०८३

कोशीमा निजी क्षेत्रसँग आर्थिक संवाद गर्न रास्वपा महामन्त्रीसहितका नेता विराटनगरमा

Clock Iconआइतबार, मंसिर १३, २०८३

अयोध्या-जनकपुर रेलसेवाले पर्यटनको नयाँ ढोका खोल्यो, पर्यटक टिकाइराख्नु मुख्य चुनौती

Clock Iconआइतबार, मंसिर १३, २०८३

फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Clock Iconबुधबार, मंसिर ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka