Premier Cables
Premier Steel

समाचार

झापामा बाढीमा फसेका स्थानीयलाई सुरक्षित स्थानमा सार्दै नेपाल प्रहरी

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज १९, २०८२  | अपराह्न २:५५ बजे
Hamro Biratnagar Headlines

भद्रपुर । अविरल वर्षाका कारण झापाको भद्रपुर नगरपालिका–५ मा बाढीको उच्च जोखिम देखिएपछि नेपाल प्रहरीले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुरु गरेको छ।

नदी र खोलामा पानीको सतह लगातार बढ्दै गएपछि डुबानको सम्भावित जोखिम रहेको क्षेत्रका बासिन्दालाई प्राथमिकताका आधारमा उद्धार गरी सुरक्षित स्थानमा पु¥याउने कार्य भइरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन

नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रमा जनशक्ति परिचालन गरी उद्धार तथा सतर्कता सम्बन्धी सूचना प्रवाहलाई समेत तीव्र बनाएको छ।

जोखिमयुक्त स्थानमा रहेकाहरुलाई आवश्यक सतर्कता अपनाउन र सुरक्षाकर्मीको सहकार्य गर्न आग्रह गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka