Premier Cables
Premier Steel

राष्ट्रिय

सरकारका कामकारबाहीमाथि निगरानी गर्न कांग्रेसलाई गगनको निर्देशन

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर १३, २०८३  | अपराह्न ३:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिपक्षी दलका रूपमा सरकारका कामकारबाहीमाथि निगरानी र खबरदारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

पार्टी मुख्यालय सानेपामा ‘हामी तयार छौँ अभियान’ अन्तर्गत स्थानीय तहका जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै थापाले सरकारका घोषणा र प्रतिबद्धता कार्यान्वयन भए–नभएको विषयमा निरन्तर प्रश्न उठाउनुपर्ने बताएका हुन्।

विज्ञापन

उनले सुकुम्बासी समस्या, प्राकृतिक विपद्‌मा परेका नागरिकको अवस्था, सहकारीपीडितको रकम फिर्ता गर्ने सरकारी प्रतिबद्धता र दलित समुदायसँग गरिएका घोषणाको कार्यान्वयनबारे सरकारलाई जवाफदेही बनाउनुपर्ने बताए।

सरकारले १०० दिनमा गर्ने काम भन्दै विभिन्न घोषणा गरे पनि कार्यान्वयनको अवस्था कमजोर रहेको उनको भनाइ थियो। घोषणा गरेर ताली पाउने तर त्यसलाई कार्यान्वयन नगर्ने प्रवृत्तिमाथि विपक्षी दलले खबरदारी गर्नुपर्ने उनले बताए।

थापाले सरकारका कामकारबाहीका क्रममा भएका भनिएका अनियमितता र विभिन्न काण्डहरूको एक–एक अध्ययन गर्न पनि पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे। विशेषगरी प्रधानमन्त्री कार्यालयको दुरुपयोग गरेर भएका भनिएका घटनाबारे गहिरो अध्ययन गरी जनतामाझ तथ्यसहित प्रस्तुत हुनुपर्ने उनको भनाइ थियो।

त्यस्तै, उनले २०४६ सालदेखि सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न सरकारसँग माग गरे। सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन हुनुपर्ने पक्षमा कांग्रेस रहेको उनले स्पष्ट पारे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

कोशीमा निजी क्षेत्रसँग आर्थिक संवाद गर्न रास्वपा महामन्त्रीसहितका नेता विराटनगरमा

Clock Iconआइतबार, मंसिर १३, २०८३

अयोध्या-जनकपुर रेलसेवाले पर्यटनको नयाँ ढोका खोल्यो, पर्यटक टिकाइराख्नु मुख्य चुनौती

Clock Iconआइतबार, मंसिर १३, २०८३

फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Clock Iconबुधबार, मंसिर ०९, २०८३

भारतमा नेपालीले क्यूआरबाट भुक्तानी गर्न अझै अनिश्चित, कहाँ अड्कियो सहमति ?

Clock Iconबुधबार, मंसिर ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka