Premier Cables
Premier Steel

अर्थ

मुख्यमन्त्री कार्कीद्वारा आत्मनिर्भरता र रोजगारमा जोड

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, साउन १०, २०८२  | राती ९:४० बजे
Hamro Biratnagar Headlines

दमक। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापा, कमल–६ मा रहेको दिब्यदृष्टि भेनेरेशन एण्ड एग्रो कन्सर्न प्रा.लि. अन्तर्गत सञ्चालित ‘दिब्यदृष्टि पूजा सामग्री उद्योग’को निरीक्षण गरेका छन्। भ्रमणका क्रममा उनले स्वदेशी कच्चा पदार्थमा आधारित धार्मिक सामग्री उत्पादन गर्ने उद्योगले स्थानीय रोजगारी, सांस्कृतिक संरक्षण तथा आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका खेल्नसक्ने धारणा व्यक्त गरे।

मुख्यमन्त्री कार्कीले यस्तो उद्योग प्रदेशको आत्मनिर्भरता, उद्यमशीलता र स्वदेशी उत्पादन प्रवर्द्धनको दृष्टिले प्रेरणादायक हुने भन्दै संघीय तथा प्रदेश सरकारबाट आवश्यक नीति निर्माण र सहकार्यमा सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

बिज्ञापन

उद्योगका अध्यक्ष विष्णुप्रसाद पोखरेल र कार्यकारी प्रमुख बबिता तिम्सिनाले भ्रमण टोलीलाई उद्योगको स्थापना, उत्पादन प्रक्रिया तथा बजार विस्तारबारे जानकारी गराए।
अध्यक्ष पोखरेलले ‘दिब्यदृष्टि’ ब्रान्ड अन्तर्गत शुद्ध, शास्त्रसम्मत र घरेलु स्रोतमा आधारित पूजा सामग्री उत्पादन भइरहेको उल्लेख गर्दै भने, “धार्मिक आस्थाका सामग्रीमा गुणस्तर कायम राख्दै स्वदेशी उत्पादनको प्रवर्द्धन हाम्रो मुख्य उद्देश्य हो।”

उनका अनुसार उद्योगमा अहिले ६० भन्दा बढी महिलालाई अर्धरोजगार र १५ जनालाई पूर्णरोजगार दिइएको छ।

उत्पादनको दायरा र विस्तार योजना
कार्यकारी प्रमुख तिम्सिनाले उद्योगबाट हाल नवग्रह समिधा, हवन सामग्री, दिब्य समिधा, परिमल, बाटेको धूप, सप्तधान्य, गंगाजल, गौ अर्क, पञ्चरत्न, सर्वोषधि, सप्तमृतिका, तिल, जौ लगायत दुई दर्जनभन्दा बढी पूजा सामग्री उत्पादन भइरहेको जानकारी दिइन्। यी सामग्रीहरू कोशी प्रदेशका सबै जिल्लासहित काठमाडौं, चितवन, बुटवल, नेपालगञ्ज, बर्दियालगायत देशभर वितरण भइरहेको छ।

तिम्सिनाका अनुसार उद्योगले स्थानीय कच्चा पदार्थको प्रयोग, महिला उद्यमशक्तिको प्रोत्साहन र जैविक उत्पादनको प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ। निकट भविष्यमा प्याकेजिङ सुधार, बजार विस्तार र अन्तर्राष्ट्रिय निर्यात गर्ने लक्ष्य रहेको पनि उनले बताइन्।

उद्योग निरीक्षणको क्रममा मुख्यमन्त्री कार्कीका साथै प्रदेशसभा सदस्य होमबहादुर थापा र अन्य जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka