Premier Cables
Premier Steel

कोशी प्रदेश

एमाले नेतृत्वको सरकारका कारण आर्थिक सूचक राम्रो भएको हो: मुख्यमन्त्री कार्की

नोट: यो समाचार १ महिना अघिको हो

Calendar बुधबार, कार्तिक १९, २०८२  | साँझ ५:४६ बजे

विराटनगर । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अहिले एमालेलाई चौतर्फी रूपमा घेराबन्दी गरिएको बताए। उनले एमालेको बढ्दो जनसमर्थन र शक्ति देखेर विभिन्न पक्षहरूले घेराबन्दी गरेको दाबी गर्दै, यस्तो परिस्थितिबाट माथि उठ्न सबै पार्टी सदस्य र कार्यकर्ता एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्।

नेकपा (एमाले) विराटनगर महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री कार्कीले नेपालले सन्तुलित परराष्ट्र नीति अपनाई देशको सार्वभौमसत्ता र अखण्डता जोगाउनुपर्ने बताएका हुन्। उनले एमाले कहिल्यै पनि छिमेकी मुलुकहरूविरुद्ध प्रयोग नहुने उल्लेख गर्दै, दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध राख्दै अघि बढ्ने बताए।

बिज्ञापन

कार्कीले एमालेको नेतृत्वमा बनेको सरकारले गत वर्ष आर्थिक प्रगति र सूचकमा सुधार ल्याएको दाबी गर्दै, देशलाई आर्थिक समृद्धितर्फ लैजान सक्ने शक्ति एमाले मात्रै भएको भने।

पार्टीभित्र एकता आवश्यक रहेको उल्लेख गर्दै उनले नेतृत्व परिवर्तनको विषय महाधिवेशनमार्फतै टुंगो लाग्ने बताए। कार्यकर्ताहरू सबै सार्वभौम हुने भन्दै उनले आफ्ना धारणा महाधिवेशनमा व्यक्त गर्न आग्रह गरे।

जेन्जी आन्दोलनको प्रसंग उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले त्यसलाई मोहरा बनाएर देशमा विध्वंश मच्चाइएको आरोप लगाए। उनले जेन्जीले उठाएका सुशासनका मागहरू आफूहरूका पनि साझा माग भएको बताउँदै, ती मागहरू पूरा गर्न एमाले तयार रहेको स्पष्ट पारे।

कार्यक्रममा नेकपा (एमाले) का नेता रामलाल शाह, ऋषिकेश पोखरेल, बाबुराम कार्की, सागर थापा, परशुराम बस्नेत र महानगर अध्यक्ष बलराम गिरीलगायतले पनि बोले।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka