Premier Cables

कोशी प्रदेश

मुख्यमन्त्री कार्कीद्वारा दशैंको शुभकामना: समृद्ध नेपाल र सुखी नेपालीको कामना

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज १६, २०८२  | बिहान १०:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विजयादशमी २०८२ को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुसहित हार्दिक शुभकामना व्यक्त गरेका छन्।

टीकाको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न नेपालको ऐतिहासिक परम्परा र सामाजिक विविधताबाट समाहित यो पर्वले राष्ट्रिय एकता, आपसी सद्भाव र सामाजिक सहकार्यलाई अझ सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।

विज्ञापन

विजयादशमीले दुष्टतामाथि सद्भाव र सत्यको विजयको सन्देश दिने उल्लेख गर्दै उनले यस पर्वले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न सबै नेपालीमा नयाँ उमंग, उर्जा र प्रेरणा दिने अपेक्षा गरेका छन्।

हालको राजनीतिक चुनौती, संवैधानिक मार्गदर्शन र सामाजिक विविधता सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले राष्ट्रिय एकता, लोकतन्त्र र गणतन्त्रलाई थप सुदृढ बनाउन सबै नेपाली एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्।

उनले कोशी प्रदेश सरकार मौलिक परम्परा र सांस्कृतिक विविधताको संरक्षण तथा प्रवर्द्धनमा प्रतिबद्ध रहेको पनि बताएका छन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka