Premier Cables
Premier Steel

शेयर बजार

नेप्से परिसूचकमा झिनो वृद्धि, कारोबार रकम घट्यो

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन ०७, २०८२  | अपराह्न ३:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । आज बुधबार नेप्से परिसूचक सामान्य अंक बढेको छ। अघिल्लो कारोबार दिन मंगलबार उच्च अंकले बढेको नेप्सेमा आज झिनोमात्र वृद्धि भएको हो।

आज नेप्से परिसूचक ५.१७ अंक बढेर २९७८.८८ विन्दुमा पुगेको छ। त्यस्तै, फ्लोट इण्डेक्स ०.०६ अंकले बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२२ अंकले घटेको छ।

बिज्ञापन

आज कारोबार रकम सामान्य घटेको छ। ३१९ स्टकको १ लाख ७० हजार ३१८ पटकको कारोबारमा १९ अर्ब ५७ करोड ५२ लाख रुपैयाँबराबरको ४ करोड ४८ लाख ६६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। ट्रेड टावर र सान्भी इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
ग्रीन भेन्चर्सको शेयर मूल्य करिब साढे ९ प्रतिशत बढेको छ। कारोबार रकमका आधारमा हिमालयन रि-इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ।

१३ उपसमूहमध्ये आज ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.२३ प्रतिशत बढेको छ। त्यस्तै, अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.१० प्रतिशत घटेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka