Premier Cables
Premier Steel

अर्थ शेयर बजार

नेप्से बढ्दा बजार पूँजीकरण ४७ खर्ब ८३ अर्ब पुग्यो

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar बिहिबार, साउन ०१, २०८२  | साँझ ५:०४ बजे

काठमाण्डौ । पछिल्लोपटक नयाँ मौद्रिक नीति आएपछि सेयर बजारमा लगानीकर्ताहरुमाझ नयाँ उमंग छाएको छ । मौद्रिक नीति आएसँगै साइडवेज चलिरहेको बजारले गति लिन थालेको छ ।

सिजनल रुपमा पनि प्रायः साउन-भदौ भनेको सेयर बजारको लागि उत्तम समय नै हो । यहि बीचमा मौद्रिक नीतिले बजारलाई सपोर्ट गर्दा बजारमा नयाँ उत्साह छाएको छ ।

बिज्ञापन

नयाँ आर्थिक वर्षको पहिलो कारोबारमा नै बजार पूँजीकरणमा नेप्सेले नयाँ रेर्कड बनाएको छ । अघिल्लो वर्षको अगष्ट १५ मा बजार ३ हजारको विन्दुमा पुग्दा बजार पूँजीकरण हालसम्मकै उच्च ४७ खर्ब ६५ अर्ब पुगेको थियो । त्यसपछि घटेको बजारमा बजार पूँजीकरण पनि घट्दै गएको थियो ।

तर आज नेप्सेमा करिब ७६ अंकले सुधार आउदा बजार पूँजीकरण ४७ खर्ब ८३ अर्ब पुगेको छ । अघिल्लो दिन यस्तो बजार पूँजीकरण ४६ खर्व ५६ अर्ब रहेको थियो । यस हिसाबले एकै दिन लगानीकर्ताहरुको सम्पति १ खर्ब २७ अर्बले बढेको छ ।

आजको कारोबारमा २४० कम्पनीको सेयर मुल्य बढेको छ भने ९ वटाको मात्रै घटेको छ । आगामी कारोबारमा बजार पूँजीकरण सँगै सूचकले पनि नयाँ–नयाँ रेकर्ड बनाउँदै जाने बजार जानकारहरुको मत रहेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka