Premier Cables
Premier Steel

शेयर बजार

बढ्यो शेयर बजार

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, चैत्र १७, २०८२  | अपराह्न ३:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ ।

नेप्से परिसूचक १९.७० अंकले बढेर २८५१.०९ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३३९ कम्पनीको २ करोड ७९ लाख ४२ हजार ७७९ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ११ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

विज्ञापन

आज दुई समूहबाहेक सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक बढ्नेमा उत्पादन तथा प्रशोधन समूह रहेको छ । यो समूह आज १.९४ प्रतिशतले बढेको छ ।

त्यस्तै, बैंकिङ समूह ०.७६ प्रतिशत, विकास बैंक समूह ०.९० प्रतिशत, फाइनान्स समूह १.१२ प्रतिशत, होटल तथा पर्यटन समूह १ प्रतिशत, हाइड्रोपावर समूह ०.७५ प्रतिशत, लगानी समूह ०.५६ प्रतिशत, जीवन बीमा समूह ०.५२ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.५१ प्रतिशत, निर्जीवन बीमा समूह ०.७६ प्रतिशत र व्यापार समूह ०.७४ प्रतिशतले बढेको छ ।

त्यस्तै, म्युचुअल फण्ड समूह ०.०७ प्रतिशत र अन्य समूह भने ०.५५ प्रतिशतले घटेको छ ।

आजको बजारबारे सेयर लगानीकर्ता तथा बजार जानकार उपेन्द्र पाठकले बजारमा लगानीकर्ताहरुको अनुशासन कायम नहुँदा मार्केट सस्टेन हुन नसकेको बताए । ‘बजारलाई विशेषगरी लगानीकर्ताको अनुशासन चाहिन्छ तर पछिल्लो समय लगानीकर्ताहरु पनि बढी महँगोमा सेयर किन्ने र सस्तोमा भएपनि बेच्ने वा होल्ड गर्न धैर्यता राख्न नसक्ने प्रवृत्तिले बजार दिगो हुन सकेको छैन’ उनले भने, ‘चुनावपछि जसरी बजार अढाई तिनसय बढ्यो त्यसपछि केही ट्रेडरहरुले सेयर अझैसम्म फालिरहेका छन्, यसैको करेक्सन फेज पनि मान्न सकिन्छ ।’

साथै सरकारले सार्वजनिक गरेको कार्ययोजनामा उल्लेख भएको बुँदा नं. ४५ ले तरंगित बनाएको उनको भनाई छ । ‘बजारले एउटा निहँु खोजिरहेको थियो त्यसैमाथि सरकारले आफ्नो कार्ययोजनामा सम्पत्ति शुद्धीकरण अनुसन्धानको विषयले लगानीकर्तालाई तरंगित बनाएको छ’ उनले भने, ‘लगानीकर्ताहरु यो विषयमा आत्तिहाल्नुपर्ने अवस्था छैन तर बजारमा अब पैसा घट्न सक्ने अनुमान लगाउँदै केही लगानीकर्ता त्रसित भएका छन् ।’

साथै अब बजारले विस्तारै लय लिने र चाँडै कुदेको बजार दिगो नहुने उनले प्रष्ट पारे ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

कोशीको आर्थिक रूपान्तरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड, विराटनगरका उद्योगीले सुनाए समस्या

Clock Iconआइतबार, मंसिर १३, २०८३

कोशीमा निजी क्षेत्रसँग आर्थिक संवाद गर्न रास्वपा महामन्त्रीसहितका नेता विराटनगरमा

Clock Iconआइतबार, मंसिर १३, २०८३

अयोध्या-जनकपुर रेलसेवाले पर्यटनको नयाँ ढोका खोल्यो, पर्यटक टिकाइराख्नु मुख्य चुनौती

Clock Iconआइतबार, मंसिर १३, २०८३

फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Clock Iconबुधबार, मंसिर ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka