Premier Cables
Premier Steel

कोशी प्रदेश

ट्रान्सफर्मर नै चोरी हुन थालेपछि विद्युत प्राधिकरण हैरान ! तामा झिकेर छाडिन्छ

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार १२, २०८२  | बिहान ६:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेशका तीन जिल्लामा पछिल्ला तीन महिनामा नेपाल विद्युत् प्राधिकरणका ६ वटा ट्रान्सफर्मर चोरी भएपछि प्राधिकरण हैरान बनेको छ।

सुनसरी, झापा र मोरङ जिल्लामा भएका यी चोरी घटनामा हालसम्म कसैको पहिचान हुन सकेको छैन।

बिज्ञापन

प्रदेश प्रमुख राजीवकुमार सिंहका अनुसार चोरी भएका सबै स्थानहरू बस्तीविहीन तथा एकान्त क्षेत्रमा रहेका छन्, जहाँ शाखा लाइनमार्फत ट्रान्सफर्मर जडान गरिएको थियो। चोरीका घटनामा ट्रान्सफर्मरको बाहिरी खोल फालेर भित्रको तामा मात्रै निकालिएको पाइएको छ।

प्रत्येक ट्रान्सफर्मरभित्र झण्डै १ सय केजी तामा हुने र तामाको बजार मूल्य प्रतिकेजी करिब २ हजार रुपैयाँ हुने भएकाले ठुलो आर्थिक क्षति भएको सिंहले जानकारी दिए। उनका अनुसार एउटा १०० केभिए ट्रान्सफर्मर चोरी हुँदा १०–१२ लाख रुपैयाँ बराबरको क्षति हुन्छ भने ५० केभिएको चोरीमा ६–७ लाख रुपैयाँसम्म नोक्सानी हुन्छ।

विद्युत् तथा ट्रान्सफर्मरप्रविधिमा जानकार व्यक्तिहरूको संलग्नता रहेको अनुमान गरिएको छ। केही घटनामा भारतीय संलग्नताको आशङ्का पनि गरिएको छ। प्राधिकरणले चोरीसम्बन्धी छानबिन तथा दोषी पहिचानका लागि कोशी प्रदेश प्रहरी कार्यालयमा निवेदन दिइसकेको जनाएको छ।

चोरी भएको मिति र स्थान:

वैशाख ३ – मोरङ, सुन्दरहरैंचा–२, जोगीहारे (५० केभिए)

वैशाख २० – ग्रामथान गाउँपालिका–५, झपटाटोल (५० केभिए)

जेठ २२ – रङ्गेली नगरपालिका–७ (५० केभिए)

जेठ २३ – रङ्गेली नगरपालिका–१, जिरायत टोल (१०० केभिए)

जेठ ३१ – शिवसताक्षी–१, धरमपुर खानेपानी (१०० केभिए)

असार ९ – वराहक्षेत्र नगरपालिका–९, राजाबास (१०० केभिए)

प्राधिकरणले चोरीका कारण सिँचाइ, खानेपानी तथा विद्युत् आपूर्तिमा समस्या उत्पन्न भएको जनाएको छ, जसले जनजीवनमा प्रत्यक्ष असर परेको छ। गोरखापत्रबाट

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka