Premier Cables
Premier Steel

राष्ट्रिय

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज ०५, २०८२  | राती ८:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को निर्णय अनुसार, हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ भने प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो।

बिज्ञापन

गत चैत ११ गते, तत्कालीन मन्त्रिपरिषद्ले कुलमान घिसिङलाई कार्यकारी निर्देशकको पदबाट हटाएर शाक्यलाई नियुक्त गरेको थियो। तर, त्यसको करिब पाँच महिनापछि ऊर्जा मन्त्री बनेका घिसिङले शाक्यलाई सरुवा गराई सिलवाललाई प्राधिकरणको नेतृत्वमा ल्याएका छन्।

मनोज सिलवाल विगतमा कार्यकारी निर्देशक रहँदा कुलमान घिसिङका नजिकका सहकर्मीको रूपमा चिनिएका व्यक्ति हुन्।

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa