Premier Cables
प्रत्यक्ष प्रसारण LIVE
aarya

अर्थविराटनगर

विराटनगर भन्सारका सूचना अधिकारीको मोबाइल : हाललाई यो नम्बर बन्द गरिएको छ !

Calendar शुक्रबार, असार ०६, २०८२  | साँझ ४:२३ बजे

विराटनगर । विराटनगर भन्सार कार्यालयको वेभसाइटमा सूचना अधिकारी विमल कुमार साहको फोटोसँगै उनको मोबाइल नम्बर राखिएको छ । त्यसको तलपट्टी इमेल ठेगाना छ । तर, देशकै धेरै राजश्व संकलन गर्ने मध्येको एक विराटनगर भन्सार कार्यालयका सूचना अधिकारीको मोबाइल नम्बर भने बन्द छ ।

भन्सारसँग सम्बन्धित फोन गर्नेहरुले साहलाई सम्पर्क गर्दा टेलिकमको स्वःचालित प्रणालीबाट एउटा आवाज आउँछ ‘माफ गर्नुहोला हाललाई यो नम्बर बन्द गरिएको छ ।’ आधिकारिक रुपमा उपलब्ध गराइएको साहको मोबाइल लामो समयदेखि बन्द छ । कुनैपनि सरकारी कार्यालयका सूचना अधिकारीको जिम्मेवारी सर्वसाधारण, सेवाग्राही, संचारकर्मी र सरोकारवालाले सूचना वा जानकारी मागे दिने हो । भन्सारकाे वेभसाइटमा उल्लेख भएअनुसार साहकाे माेबाइल नम्बर ९८५२०३६८४३ हाे ।

बिज्ञापन

वेभसाइटमा साहको फोटो मास्तिर विराटनगर भन्सारका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठको फोटो टाँसिएको छ । तर, उनको सम्पर्क नम्बर भने वेभसाइटमा उपलब्ध छैन ।

यो भन्सार कार्यालय १२९ विघा क्षेत्रफलमा फैलिएको छ । वीरगंज र भैरहवापछि राजस्व संकलनको हिसाबले नेपालकै तेस्रो ठूलो भन्सार हो । विराटनगर महानगरपालिका वडा नम्बर २१ रानीमा अवस्थित छ । यो नेपाल–भारत सीमाको प्रमुख व्यापारिक नाका पनि हो ।

भारतको बिहार राज्यको जोगवनी बजारसँग सीमा जोडिएको छ । वर्ष २०७६ माघ ७ गते नेपाल र भारतका प्रधानमन्त्रीहरूले संयुक्त रूपमा उद्घाटन गरी एकीकृत जाँच चौकी (आइसीपी) मार्फत दुबै देशका भन्सार तथा सम्बन्धित कार्यालयहरु त्यहाँ अवस्थित छन् । तर, भन्सारको सूचना प्रणाली भने व्यवस्थित देखिएको छैन ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Eastern College
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो