Premier Cables
Premier Steel

अर्थ

एमआरपी नियमपछि विराटनगर भन्सारमा सयौँ कन्टेनर रोकिए, डिटेन्सनकाे मारमा व्यापारी

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख १६, २०८३  | साँझ ७:३४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सरकारले नयाँ एमआरपी (अधिकतम खुद्रा मूल्य) सम्बन्धी नियम लागू गरेसँगै विराटनगर भन्सार कार्यालयमा सयौँ कन्टेनर थन्किएका छन्। दोस्रो तथा तेस्रो देशबाट आयात गरिएका सामान बोकेका कन्टेनर जाँचपास हुन नसक्दा भन्सार परिसरमै रोकिएका हुन्।

नेपाल सरकारले मङ्गलबारदेखि लागू हुने गरी आयातित सामानमा अनिवार्य रूपमा एमआरपी उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ। तर, व्यापारीहरूले ल्याएका धेरैजसो सामानमा एमआरपी उल्लेख नभएकाले ती सामग्री भन्सारबाट छुट्न सकेका छैनन्।

बिज्ञापन

विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठका अनुसार, सरकारको निर्देशनअनुसार एमआरपी नभएको सामान जाँचपास गर्न नमिल्ने भएकाले कन्टेनर रोकिएको हो। उनले औद्योगिक कच्चा पदार्थ बाहेक अन्य सामग्री भने मङ्गलबार र बुधबार जाँचपास हुन नसकेको बताए।

भन्सार परिसरभित्र थन्किएका कन्टेनरका कारण व्यापारीहरू आर्थिक रूपमा दबाबमा परेका छन्। दैनिक रूपमा प्रति गाडी करिब १ हजार रुपैयाँ पार्किङ शुल्क र ५ हजार रुपैयाँसम्म ढुवानी भाडा तिर्नुपर्ने अवस्था आएको उनीहरूको गुनासो छ।

नयाँ नियम कार्यान्वयनसँगै देखिएको यो समस्याले व्यापारिक क्षेत्र प्रभावित बनेको छ भने समाधानका लागि सम्बन्धित निकायसँग पहल गर्न व्यापारीहरूले माग गरेका छन्। एकजना व्यापारीले नियम लाग्नुभन्दा अगाडि नै मालसामान मगाएकाे अवस्थामा ढिलो गरी विभिन्न मुलुकबाट आएका सामान भन्सारमा राेक्नु व्यवहारिक नभएकाे बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka