Premier Cables

अर्थ राष्ट्रिय

भारतबाट ५०० रुपैयाँसम्मका सामान ल्याउँदा भन्सार शुल्क नलाग्ने

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ २०, २०८३  | अपराह्न २:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सरकारले स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने वा बाहिरिने यात्रुले साथमा ल्याउन तथा लैजान पाउने सामानको भन्सार छुट सीमा वृद्धि गरेको छ। यसअघि १०० रुपैयाँ रहेको सीमा बढाएर ५०० रुपैयाँ कायम गरिएको हो।

नेपाल राजपत्रमा प्रकाशित नयाँ सूचनाअनुसार स्थल सीमा नाकाबाट आवतजावत गर्ने यात्रुले निजी प्रयोगका लागि ५०० रुपैयाँसम्म मूल्यका सामान ल्याए वा लगेमा भन्सार कार्यालय प्रमुखले आवश्यक औचित्यका आधारमा भन्सार महसुल नलिई छुट दिन सक्ने व्यवस्था गरिएको छ।

विज्ञापन

यसअघि १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार महसुल लाग्ने प्रावधान रहेकामा त्यसको व्यापक आलोचना भएको थियो। आलोचनापछि सरकारले छुट सीमा पुनरावलोकन गर्दै पाँच गुणाले वृद्धि गरेको हो।

त्यस्तै, भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि पनि विशेष व्यवस्था गरिएको छ। उनीहरूले आफ्नो अध्ययन तथा व्यक्तिगत प्रयोगका लागि ट्याबलेट, ल्यापटप वा कम्प्युटरमध्ये कुनै एक थान नेपाल ल्याउँदा भन्सार महसुल तिर्नु नपर्ने व्यवस्था यथावत् राखिएको छ।

सरकारको यो निर्णयले सीमावर्ती क्षेत्रका यात्रु तथा विद्यार्थीलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka