विराटनगर। भन्सार एजेन्टको आन्दोलनले भन्सार जाँचपास प्रभावित भएको छ ।
मंसिर २० गतेदेखि लागु भएको भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ को प्रावधानप्रति विमति जनाउँदै भन्सार एजेन्ट आन्दोलित भएका हुन् ।
आज पनि देशभरका प्रमुख भन्सार नाकाको काम प्रभावित बनेको छ । कोशी प्रदेशका विराटनगर र मेची भन्सारको राजश्व संकलन ठप्प छ ।