Premier Cables
Premier Steel

अर्थ

भन्सार एजेन्टको आन्दोलनले भन्सार जाँचपास प्रभावित

Calendar बुधबार, मंसिर २४, २०८२  | अपराह्न १२:४३ बजे

विराटनगर। भन्सार एजेन्टको आन्दोलनले भन्सार जाँचपास प्रभावित भएको छ ।

मंसिर २० गतेदेखि लागु भएको भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ को प्रावधानप्रति विमति जनाउँदै भन्सार एजेन्ट आन्दोलित भएका हुन् ।

बिज्ञापन

आज पनि देशभरका प्रमुख भन्सार नाकाको काम प्रभावित बनेको छ । कोशी प्रदेशका विराटनगर र मेची भन्सारको राजश्व संकलन ठप्प छ ।

मंगलबार पेट्रोलियम पदार्थको भन्सार जाँचपासबाहेक सबै काम ठप्प रह्यो ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले भन्सार ऐन, २०८२ बाट सिर्जित समस्या समाधान हुनुपर्नेमा जोड दिएका छन् ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीले समस्या समाधानको प्रयास भइरहेको र आजदेखि जाँचपासको प्रक्रिया नरोकिनेमा आफू आशावादी रहेको बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka