






नोट: यो समाचार १ महिना अघिको हो
विराटनगर । ताप्लेजुङ र पाँचथरबाट प्रहरीले लागू औषध सहित ६ जनालाई पक्राउ गरेको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका- ४ स्थित लागू औषध बिक्री वितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ३३३ मिलिग्राम ब्राउन सुगर सहित फुङलिङ नगरपालिका-११ का २१ बर्षीय रोमन विश्वकर्मा,सिन्धुली दुधौली १० का २७ बर्षीय देव बहादुर बि.क, फक्तालुङ गाउँपालिका-३ का ३२ वर्षीय मन्दिप लिम्बु र भारतीय नागरिक मनोज साहलाई पक्राउ गरेको छ ।
त्यसैगरी पाँचथरको फिदिम नगरपालिका- ४ बाट ५ सय ३० मिलिग्राम ब्राउन सुगर सहित फिदिम नगरपालिका- १ का ३० बर्षीय सागर लिम्बु र झापा बिर्तामोड घर भई हाल सोहि स्थानमा बस्दै आएका ३४ वर्षीय रोहित न्यौपानेलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।