Premier Cables

विराटनगर

लागुऔषध कारोबारमा नयाँ ‘क्लु’ : कुकुरको घाँटीमा विराटनगर ल्याउँदै गर्दा पक्राउ !

Calendar शुक्रबार, जेठ १६, २०८२  | बिहान १०:३७ बजे

विराटनगर । मोरङमा लागुऔषध ओसारपसारमा अनौठो ढंगको प्रयोग गरेको पाइएको छ ।

बिज्ञापन

ओसार पसारमा संलग्नले कुकुर प्रयोग गरेर लागुऔषध ओसार पसार गरेको नयाँ तथ्य खुलेको हो ।

बिज्ञापन

उर्लाबारी नगरपालिका– ४ का २४ वर्षीय प्रशान्त भण्डारी पक्राउ परेपछि उनले कुकुर प्रयोग गरेर लागुऔषध ओसार पसार गर्ने गरेको क्लु प्रहरीले भेटेको छ ।

उनी बिहीबार दिउँसो ‘रक्की’ नामको कुकुर लिएर सीमावर्ती बजार जोगवनी पुगेका थिए । साँझ करिब ५ बजेतिर जोगवनीबाट कुकुरसहित नै फर्किए ।

चेकजाँच गर्दा लागुऔषध फेला परेन । तर, उनकै साथमा रहेको कुकुरको घाँटीमा बाँधेको बेल्टमा भने लागुऔषध भेटियो ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार भण्डारीसँग सोधपुछ गर्ने क्रममा घरपालुवा कुकुरको घाँटीमा बाँधेको ‘बेल्ट’मा लुकाएको अवस्थामा ब्राउन सुगर भेटियो । कुकुरको घाँटीमा ३.३६ ग्राम ब्राउन सुगर र ३५ नाइट्राजेपाम ट्याब्लेट बरामद भएको हो ।

लागुऔषध कारोबारीले नयाँ नयाँ तरिकाले यसको ओसार पसार गर्ने गरेको प्रहरीले गरेको अनुसन्धानबाट खुल्न आएको छ । भण्डारीविरुद्ध मुद्दा चल्ने प्रहरीले जनाएको छ ।

*** समाप्त ***
ताजा समाचार
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो