Premier Cables

विराटनगर

लागुऔषध कारोबारमा नयाँ ‘क्लु’ : कुकुरको घाँटीमा विराटनगर ल्याउँदै गर्दा पक्राउ !

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ १६, २०८२  | बिहान १०:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङमा लागुऔषध ओसारपसारमा अनौठो ढंगको प्रयोग गरेको पाइएको छ ।

ओसार पसारमा संलग्नले कुकुर प्रयोग गरेर लागुऔषध ओसार पसार गरेको नयाँ तथ्य खुलेको हो ।

विज्ञापन

उर्लाबारी नगरपालिका– ४ का २४ वर्षीय प्रशान्त भण्डारी पक्राउ परेपछि उनले कुकुर प्रयोग गरेर लागुऔषध ओसार पसार गर्ने गरेको क्लु प्रहरीले भेटेको छ ।

उनी बिहीबार दिउँसो ‘रक्की’ नामको कुकुर लिएर सीमावर्ती बजार जोगवनी पुगेका थिए । साँझ करिब ५ बजेतिर जोगवनीबाट कुकुरसहित नै फर्किए ।

चेकजाँच गर्दा लागुऔषध फेला परेन । तर, उनकै साथमा रहेको कुकुरको घाँटीमा बाँधेको बेल्टमा भने लागुऔषध भेटियो ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार भण्डारीसँग सोधपुछ गर्ने क्रममा घरपालुवा कुकुरको घाँटीमा बाँधेको ‘बेल्ट’मा लुकाएको अवस्थामा ब्राउन सुगर भेटियो । कुकुरको घाँटीमा ३.३६ ग्राम ब्राउन सुगर र ३५ नाइट्राजेपाम ट्याब्लेट बरामद भएको हो ।

लागुऔषध कारोबारीले नयाँ नयाँ तरिकाले यसको ओसार पसार गर्ने गरेको प्रहरीले गरेको अनुसन्धानबाट खुल्न आएको छ । भण्डारीविरुद्ध मुद्दा चल्ने प्रहरीले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka