Premier Cables
Premier Steel

अपराध

तिहारको मौका छोपी प्रतिबन्धित लागूऔषध ओसार्ने भारतीयहरू पक्राऊ

Calendar बुधबार, कार्तिक ०५, २०८२  | अपराह्न १:५७ बजे

सुनसरी । सुनसरीको दुई स्थानहरुबाट कार्तिक ४ गते प्रतिबन्धित लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय भान्टाबारीबाट खटिएको प्रहरी टोलीले देश भारत सुपौलका २० बर्षिय नवि हुसेन र सप्तरीका १९ बर्षीय मोहमद खुसिदलाई ब्राउन सुगर ५ सय ३० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो ।

बिज्ञापन

यसका साथै प्रहरी चौकी श्रीपुरजब्दीबाट खटिएको प्रहरी टोलीले प्र १-०२-००३ ह ८७०५ नम्बरको सिटि रिक्सामा ४ वटा बोरामा राखेर लैजादै गरेको १ सय २० किलोग्राम गाँजा सहित देश भारत सुपौलका २० बर्षीय मोहमद ईम्तियाज पक्राउ परेका हुन् ।

पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka