Premier Cables
Premier Steel

अपराध

सुनसरीमा २४ घण्टामा ८० किलोभन्दा बढी गाँजा बरामद, दुई पक्राउ

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, मंसिर २६, २०८२  | साँझ ४:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुनसरी प्रहरीले २४ घण्टाको अन्तरालमा दुई छुट्टाछुट्टै स्थानबाट ८० किलोभन्दा बढी लागूऔषध गाँजा बरामद गरेको छ। एक घटनामा दुई जना पक्राउ परेका छन् भने अर्को घटनामा ठूलो मात्रा गाँजा छाडेर मोटरसाइकल चालक फरार भएका छन्।

देवानगंज गाउँपालिका–४, कौवाखोज नजिक प्रहरीले करिब ६० किलो गाँजा फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गएराति करिब २ बजे नेपालबाट भारततर्फ शंकास्पद रूपमा जाँदै गरेको मोटरसाइकललाई रोक्न खोज्दा चालकले दुई बोरा गाँजा फालेर भागेको थियो।

बिज्ञापन

प्रहरीले बोरा भित्र प्याक गरिएको अवस्थामा ६० किलो गाँजा र बीआर ५० एनजी ८९९३ नम्बरको भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको छ। बरामद सामान जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान सुरु गरिएको र फरार चालकको खोजी कार्य तीव्र गरिएको प्रहरीले जनाएको छ।

यसअघि, इटहरी उपमहानगरपालिका–१३, छोटी पुल नजिकबाट प्रहरीले २० किलोभन्दा बढी गाँजासहित दुई जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–५ का ६५ वर्षीय भिम लिम्बु र ३० वर्षीय मोटरसाइकल चालक ख्याम लिम्बु रहेका छन्।

विशेष सूचनाको आधारमा खनार प्रहरीले बिहीबार साँझ ७:५० बजे शंका लागेका दुई मोटरसाइकल रोकेर जाँच गर्दा उनीहरूको साथबाट गाँजा फेला परेको थियो। प्रहरीले प्र.१–०२–०५७ प.५३२५ र को.२५ प.१४३७ नम्बरका दुवै मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।

पक्राउ परेका दुवैजनामाथि इलाका प्रहरी कार्यालय इटहरीमा थप अनुसन्धान जारी छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa