Premier Cables
Premier Steel

कोशी प्रदेश

लागूऔषध सहित मोरङ र पाँचथरबाट ९ जना पक्राउ

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar सोमबार, जेठ २६, २०८२  | साँझ ४:०३ बजे

विराटनगर । मोरङ र पाँचथरबाट जेठ २५ गते लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङ र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-७ का ३८ बर्षीय मिथुन भन्ने रजत थापालाई ५५ ग्राम ब्राउन सुगर, २ लाख ८८ हजार २ सय ५० र २ वटा डिजिटल तराजु सहित उनकै घरबाट पक्राउ गरेको हो ।

बिज्ञापन

त्यसैगरी लागू औषध नियन्त्रण ब्युरो विराटनगरले ४ ग्राम ५८० मिलिग्राम सहित सुन्दरहरैचा-३ का २१ बर्षीय निरन लिम्बुलाई विराटनगर महानगरपालिका १६ स्थितबाट र इलाका प्रहरी कार्यालय बेलबारीले बेलबारी २ लालभित्ती स्थितबाट सोही स्थानका २८ बर्षीय बिट्टु भगत र सुन्दरहरैचा-१२ का ३४ बर्षीय मिथलेस शर्मालाई २५० मिलीग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

त्यस्तै पाँचथरको फिदिम नगरपालिका- २ बाट ३ ग्राम ५१० मिलीग्राम ब्राउन सुगर सहित २७ बर्षीय दिपेन केरुङ, २३ बर्षीय बिरबल राई, ३० बर्षीय गणेश सुजी, ३२ बर्षीय पर्वत तामाङ र १९ बर्षीया रिदिमा बर्देवालाई जिल्ला प्रहरी कार्यालय पाँचथरले नियन्त्रणमा लिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka