Premier Cables
Premier Steel

अपराध

सप्तरीमा १४ सय किलो गाँजा बरामद

भोला सदा पक्राउ

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज ०४, २०८३  | बिहान १०:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर ।‌ सप्तरीको डाक्नेश्वरी नगरपालिका–६, कटैया गाउँबाट प्रहरीले ठूलो परिमाणको लागुऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा स्थानीय भोला सदा रहेका छन्।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बलको टोलीले आइतबार (असोज ४) बिहान करिब पौने १ बजे सदाको घरमा छापा मारेको थियो।

विज्ञापन

खानतलासीका क्रममा ५६ वटा बोरामा प्याक गरी लुकाएर राखिएको अवस्थामा १४ सय किलो गाँजा बरामद भएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।

भारतको सीमा नजिकैको गाउँ भएकाले उक्त गाँजा अवैध रूपमा भारततर्फ तस्करी गर्ने उद्देश्यले राखिएको प्रहरीको प्रारम्भिक अनुमान छ। पक्राउ परेका सदालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी पठाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka